मंगलबार दिउँसो ४ बजे बजेट घोषणा

गुगलपाटी संवाददाता काठमाडौं
१३ जेष्ठ २०७५ ११:२४

संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को यही जेठ १५ गते बस्ने संयुक्त बैठकमा सरकारको आर्थिक वर्ष २०७५/७६ को राजश्व र व्ययको अनुमान (बजेट) पेश गर्ने भएको छ।

सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदलाई उक्त विषयको जानकारी गराएकाहुन्। अर्थमन्त्री डा युवराज खतिवडाले मंगलबार अपराह्न ४  बजे संयुक्त सदनमा बजेट प्रस्तुत गर्नेछन्।

नेपालको संविधानको धारा ११९ मा अर्थमन्त्रीले प्रत्येक आर्थिक वर्षको सम्बन्धमा संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा राजश्व र व्ययको अनुमान प्रत्येक वर्ष जेठ १५ गते पेश गर्नुपर्ने प्रावधान छ।

सरकारले अघि सारेको समृद्ध नेपाल, सुखी नेपाली नारालाई मूर्तरुप दिने खालका योजना र कार्यक्रम बजेटमा आउने अनुमान गरिएको छ। रासस