मुख्यमन्त्री पौडेलले गराए नेपाल स्काउट बागमती प्रदेश समितिको सपथ
गुगलपाटी संवाददाता
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले बागमती प्रदेश स्काउट तर्दथ समितिका संयोजक समेत सदस्यहरु १५ जना तथा एक जना सल्लाहकार गरि १६ जनाले पद तथा गोपनियताको सपथ गराउनु भएको छ । शुक्रबार हेटौडामा भएको एक कार्यक्रमका विच मुख्यमन्त्री डोरमणी पौडेलले सपथ गराउनु भएको हो ।
नेपाल स्काउट बागमती प्रदेशका संरक्षक तथा मुख्यमन्त्री पौडेलले नवनियुक्त बागमती प्रदेश स्काउट तर्दथ समितिका संयोजक तथा सदस्यहरुको दीक्षान्त एवं पद तथा गोपनियताको सपथ ग्रहण कार्यक्रमलाई सम्बोधनका क्रममा विग्रदो समाजलाई मर्यादित बनाउन नेपाल स्काउटको भुमिका महत्वपुर्ण रहेको बताउनु भएको छ ।
समाजमा रहेको विकृति हटाउन जरुरी रहेको र त्यस कार्यका लागि स्काउट अग्रसर हुनेपर्ने र स्काउटको भुमिका बालबालिका प्रति सकारात्मक रहेको समेत बताउनु भयो ।
कार्यक्रममा नेपाल स्काउट बागमती प्रदेशका संरक्षकको रुपमा मुख्यमन्त्री पौडेललाई स्काउटले दिक्षित गरेको थियो ।