प्रहरी उपरिक्षक सुशील सिंह राठौंरको बिदाइ
गुगलपाटी संवाददातासामुदायिक सेवा केन्द्र मकवानपुरले सोमबार जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक सुशील सिंह राठौंरको बिदाइ कार्यक्रमम्पन्न गरेको छ।
सामुदायिकका अध्यक्ष राम बिष्टको सभाध्यक्ष भएको कार्यक्रममा उपरिक्षक राठौंरलाई नेपाली टोपी लगाइ दिएर जिल्ला प्रहरी कार्यालय मकवानपुर परिसरमा सम्मान तथा बिदाई कार्यक्रम आयोजना गरेको हो।
बिदाई कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी उपरिक्षक राठौंरले मकवानपुर बसाईमा लागु औषध न्युनिकरणमा उल्लेखनीय उपलब्धि हासिल गरेको र सामुदायिक सेवा केन्द्र मकवानपुरको सक्रियता को खुलेर प्रशंसा गरेका थिए।आफु जहाँ रहे पनि सामुदायिक सेवा केन्द्र मकवानपुर र समग्र मकवानपुर बासीको साथ रहने प्रतिबद्धता व्यक्त गरेका थिए।
अपराध नियंत्रण गर्न प्रहरीले मात्र संभव नहुने भएकोले समुदायको साथ र सहयोग अपरिहार्य रहेको बताउदै सामुदायीक प्रहरीकेन्द्र मकवानपुरसंगको संबन्ध प्रगाढ रहेको र आगामी दिनमा कार्याल ले थप सहकार्यगर्ने बताउनु भयो ।
कार्यक्रम मा सामुदायिक उपाध्यक्ष विनोद लामिछाने,सचिव रमिला सापकोटा,कोषाध्यक्ष राम प्रसाद कोइराला,सदस्य कपिल अर्याल,सिताराम पौडेल,नबराज कोइराला लगाएतको उपस्थिति रहेको थियो।