गढी दरबार पुर्ननिर्माणका नाममा भत्काईदै
गुगलपाटी संवाददातामकवानपुर गढी किल्लाबाट वि.सं. १८१९ माघ १० गते पृथ्वीनारायण शाहको सेनाले बंगालका नवाब मिर कासिम अलीको सेनालाई हराएको थिए ।
मकवानपुरगढी अन्तर्गत रहेको हरिहरपुर गढीको लडाइँमा पृथ्वीनारायण शाहको सेनासँग हारेपछि बंगालका नवाब मिर कासिम अलीको शरणमा पुगेका सेनले मकवानपुरगढीमा हार ब्यहोरेपछि अंग्रेजले नेपालमा फेरि आक्रमण गर्ने हिम्मत गरेनन् ।
गोर्खाली फौजले मिर कासिमको फौजलाई पराजित गरेपछि उनीहरूबाट खोसिएका आधुनिक हतियार र सैन्य उत्साहलाई संगठित गरेर पृथ्वीनारायण शाहले मकवानपुरगढीबाटै औपचारिक सैनिक संगठन निर्माण गरेको इतिहास छ ।
पुर्खाको दुरदर्शीताका कारण नेपाल सार्बभौम राज्यको रुपमा स्थापित भएको स्थान मकवानपुर गढी दरबार पुर्ननिर्माणका नाममा भत्काउने काम भैरहेको छ ।
दरबार पुर्ननिर्माणका नाममा भत्काउने काम भैरहेको प्रति स्थानियले बिरोध गरेका छन् ।
इतिहासको संरक्षण र यसको प्रचार गर्नसके पर्यटनमार्फत देशलाई समृद्धितर्फ लैजानसिकने छ । तर विकासका नाममा विनास समाजले स्विकार्न नसक्ने स्थानिय सोमलाल लामाले बताए ।
मकवानपुर गढी दरबार परिसर भित्र सिमेन्ट तथा सिमेन्ट सामाग्री वा पुर्ननिर्माणका नाममा अनावश्यक भौतिक संरचना निर्माण हुन नहुने तथा भएका संरचनाहरुको पुरातात्विक हिसाबले निर्माण हुनुपर्ने पत्रकार रिपेस दाहालले बताए ।
मकवानपुर गढी दरबार पुर्ननिर्माण प्रधिकरणको १ करोड बजेटबाट पुर्ननिमार्ण मात्र गर्नलागेको र गढीभित्र पुरानै शैलीमा दरबार निर्माण पछि गढीमा रहेको पुरानो हात हतियारहरुको संग्राहलय राख्ने योजना रहेको मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईले बताए ।
पछिल्लो समय मकवानपुरगढी गाउँपालिकाले संरक्षणका नाममा बढि शुल्क तोक्दा पनि मकवानपुरगढीमा दैनिक एक पाचसय बढि आन्तरिक पर्यटक घुम्न आउने गरेका छन् । मकवानपुरगढी संघीय सरकारले पहिचान गरेको उत्कृष्ट एकसय पर्यटकीय गन्तब्यहरु मध्येको एक गन्तब्य हो ।