भ्रमको पछि नलागौं : सिग्देल
गुगलपाटी संवाददाता हेटौंडानेकपा दाहाल नेपाल पक्षको हेटौंडा १८ नम्बर वडामा आज भेला तथा प्रशिक्षण कार्यक्रम भएको छ । भेला नेकपा मकवानपुरकी अध्यक्ष मुनु सिग्देलको प्रमुख आतिथ्यतामा भएको थियो ।
भेलालाई सम्बोधन गर्दै अध्यक्ष सिग्देलले गणतान्त्रिक संबैधानिक ब्यवस्थामाथि कु गरेर बर्तमानलाई बिगत तिर लाने प्रयास भइरहेको बताइन् । ‘त्यसैले भ्रमको पछि नलागौं,सत्य र यथार्थलाई जनतासम्म पु¥याउनु हामी सबैको कर्तब्य हो’, उनले भनिन् । भेलामा बोल्दै नेकपा मकवानपुरका सचिव प्रेम बहादुर पुलामीले न्यायलयले असम्बैधानिक कदमलाई सदर नगर्नेमा विश्वस्त रहेको बताए ।
नेकपा १८ नम्बर वडा पार्टी इन्चार्ज प्रकाश बानियाँको सभाध्यक्षतामा भएको भेलामा पार्टी जिल्ला सचिवालय सदस्य तथा नगर सहइन्चर्जा विवेक राई, जिल्ला कमिटि सदस्य सिता विष्ट बानियाँ, निबन्ध लामा,कमलचन्द्र सुमन,नगर कमिटि अध्यक्ष रघु आचार्य,सचिव तिर्थ थापा मगर लगायतको आतिथ्यता रहेको थियो ।