हेटौंडामा ‘शहिद स्मृती गोल्डकप’हुने
गुगलपाटी संवाददातादश बर्ष अघिबाट हेटौंडामा प्रारम्भ भएको शहिद स्मृती गोल्डकप प्रतियोगिता फागुन २७ बाट चैत्र ७ गते सम्म हेटौंडामा सुरु हुने भएको छ । २०६२÷०६३ को जनआन्दोलनका शहिदहरुको स्मृतीमा हेटौंडामा पहिलो पटक थालिएको गोल्डकपको तेश्रो संस्करण हो ।
बिभिन्न प्रायोजकहरुको नाम राखेर सञ्चालन हुदै आएको प्रतियोगिताका लागि यस बर्ष जिल्लाका १० वटा स्थानिय निकायले सहयोग गरेका छन् । स्थानिय तहको सहयोगबाट प्रतियोगिता सञ्चालनको तयारी थालेको मकवानपुर फुटबल संघले यस बर्षबाट खेललाई ‘स्थानिय तह शहिद स्मृती गोल्डकप’ नामाकरण गरेको प्रतियोगिताका संयोजक प्रताप बिष्टले बताए ।
हेटौंडा १० स्थित बन बिज्ञान अध्ययन सस्थानको खेल मैदानमा हुने राष्ट्रिय स्तरको प्रतियोगितामा बिभागिय टोली सहित उपत्यका भित्रका चर्चित ६ र बाहिरका ४ क्लबको सहभागिताको अपेक्षा रहेको आयोजकले जनाएको छ । प्रतियोगिता सञ्चालनको लागि आयोजकले ९४ लाख ४० हजार ५ सय रुपियाँ खर्च अनुमान गरेको आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
आयोजकका अनुसार प्रतियोगितामा प्रथमले १० लाख, द्धितियले ५ लाख नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र हात पार्ने छन् । प्रतियोगिताको सर्बोत्कृष्ठ खेलाडिले नगद ५० हजार, बिद्यागत ५ शिर्षकमा उत्कृष्ठले नगद २५ हजार र प्रत्यक खेलमा म्यानअफ दी म्याचले नगद १० हजार रुपियाँ प्राप्त गर्ने छन् । आयोजकले सहभागि टोलीका लागि स्थानिय यातायात खर्च सहित दैनिक तथा भ्रमण भत्ता म्याच एलाउन्सको व्यवस्था गरेको संघका अध्यक्ष टिकाराम लामाले जानकारी दिए ।
आयोजकले खेलाडि भत्तामा मात्र २४ लाख ३७ हजार ५ सय, पुरस्कार बितरणमा २० लाख १५ हजार, प्याराफिट मर्मत तथा जडानमा १० लाख रेफ्रि÷म्याच अफिसरमा ५ लाख, बिज्ञापनमा ७ लाख सहित आम्दानी खर्च बराबरी हुने जनाएको छ । प्रतियोगिताको लागि हेटौंडा उपमहानगरले १५, थाहा नगरपालिकाले १० लाख सहित अन्य ८ वटा गाउपालिकाहरुले ५÷५ लाख रुपियाँ सहयोग गरेका छन् । आयोजकले गेट टिकेटबाट मात्र १४ लाख ५० हजार, प्रायोजकबाट ६ लाख र व्यक्तीगत तथा सस्थाथतबाट ३ लाख ९० हजार ५ सय आम्दानी हुने जनाएको छ । पत्रकार सम्मेलन संघका अध्यक्ष टिकराम लामाको अध्यक्षतामा भएको हो ।