प्रहरी सडकमै खटिएर नागरिकलाई मास्क लगाउन आग्रह गर्दे

गुगलपाटी संवाददाता
९ बैशाख २०७८ १४:४३

सामुदायीक प्रहरी सेवा केन्द्र हेटौंडा–९ पशुपतिनगर र जिल्ला प्रहरी कार्यालय मकवानपुरको समन्वयमा हेटौंडाको मुख्य बजारमा मास्क वितरण गरिएकोछ ।
मकवानपुरमा कारोना भाइरसको संङक्रमण बढ्दै गएपछि प्रहरीले सडकमै खटिएर नागरिकलाई मास्क लगाउन आग्रह गर्दे मास्क बितरण गर्न थालेको हो । विहीबार हेटौंडाको मुख्यबजारमा मकवानपुरका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौर र सामुदायीक प्रहरी सेवा केन्द्र हेटौंडा ९ पशुपतिनगरका अध्यक्ष राम विष्ट आफै फिल्डमा खटिएर मास्क वितरण गरेका हुन् ।
कोरोना संङक्रमण बढ्दै गएको कारण नागरिकहरुलाई स्वास्थ मापदण्ड पालना गराउन तथा कारोनाविरुद्ध सचेत बनाउन मास्क वितरण गरिएको सामुदायीक प्रहरी सेवा केन्द्र हेटौंडा ९ पशुपतिनगरका अध्यक्ष राम विष्टले बताए ।


सामुदायीक प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत प्रहरीले समुदायमा कोरोनाविरुद्ध विभिन्न सचेतनाका कार्यक्रमहरु गरेको मकवानपुर प्रहरीले जनाएको छ ।स्वास्थ मापदण्ड पालना गर्नु नागरिकको प्रमुख दायित्व रहेको बताउदै मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले नागरिक स्वयम् आफ्नो स्वास्थप्रति जिम्मेवार बन्नुपर्ने बताए ।
सरकारले जारी गरेका नीति निर्देशन पालना नगर्ने मानिसहरुलाई कानून बमोजिम कारबाही गरिने समेत प्रवक्ता रिमालले बताए । प्रहरी तथा विभिन्न संघ–संस्थाले कारोनाविरुद्ध सचेतनामुलक कार्यक्रम गरेपनि कारोना संङक्रमण दर न्यूनीकरण गर्न नागरिक स्वयम् जिम्मेवार बन्न आवश्यक छ ।