स्काउटको स्थापना दिवसमा पशुपन्छीलाई आहारा

गुगलपाटी संवाददाता
५ असार २०७८ १३:५६

नेपाल स्काउटको ७० औ स्थापना दिवसको अवसरमा शनिबार हेटौंडामा नेपाल स्काउट हेटौंडा उपमहानगर समिति हेटौंडाले कोभिड संक्रमणका कारण सडक छेउ भोकै रहेका कुकुर, बादर, लगायत पन्छीहरुसमेतलाई आहारा खुवाउने कार्यक्रम सम्पन्न गरेको छ।

नेपाल स्काउट हेटौंडा उपमहानगरपालिका समितिले रातोमाटे छेउ यात्रु तथा सवारी साधन बाट फालेका खानेकुरा खादै आएका जनावर तथा पन्छिहरुलाइ आज आहारा खुवाउने कार्यक्रम सम्पन्न गरेक कार्यक्रम संयोजक हिरा बर्तौलाले बताउनु भयो । नेपाल स्काउट केन्द्रिय समितिले स्थानीय तह गठन गरेपछि लामो समय देखि निष्क्रिय रहेको स्काउटको गतिविधि बढ्दै गएको छ। सामाजिक उत्तरदायीत्यो आत्मा साथ गर्दै सेवा भावले ओतप्रोत भएको स्काउटले आफ्नो स्थापना दिवसको अवसरमा मात्र नभई कोरोना सन्क्रमित भइ घरमा होम आइसोलेसनमा बसेका हरुको घर निसुल्क डिस इन्फेक्सन अर्थात नि संक्रमित गर्दै आइरहेको छ । विपतको समयमा तत्काल राहत तथा उद्दारका लागि स्वयंसेवक दस्ता तयारी अवस्थामा रहेको उपमहानगरपालिका संयोजक दिपेन्द्र रोक्काले बताउनुभयो । कार्यक्रममा नेपाल स्काउट बागमती प्रदेश समिति सदस्य अशोक सारु,नगरसमिती सदस्यहरु एवं स्काउटर ,रोभर ,रेन्जर लगायतको उपस्थित रहेक थियोे ।