नगर खेलकुद विकास समितिले ‘हेटौंडा रन २०७८’ गर्ने

गुगलपाटी संवाददाता
१७ आश्विन २०७८ ०९:५५

बागमती प्रदेशको राजधानी हेटौंडामा आगामी असोज २१ गते घटस्थापनाको दिन ‘हेटौंडा रन २०७८’ हुने भएको छ । नगर खेलकुद विकास समिति हेटौंडाले ‘हेटौंडा रन २०७८’ प्रतियोगिता गर्ने भएको हो ।
आइतबार पत्रकार सम्मेलन गर्दे आयोजक हेटौंडा नगर खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाहीले खेल क्षेत्रको विकासका लागि ‘हेटौंडा रन २०७८’  प्रतियोगिताको तयारी गरेको जानकारी दिए । ‘ खेल क्षेत्रलाई अगाडी बढाउन यस्ता प्रतियोगिता महत्वपुर्ण ठानेका छौं । ’ अध्यक्ष शाहीले भने, अध्यक्ष शाहीका अनुसार प्रतियोगिता सम्पन्न गर्नका लागि दुई लाख रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ ।
बागमती प्रदेश सामाजिक विकास मन्त्रालय, खेलकुद विकास समिति तथा हेटौंडा उप महानगरपालिकाको सहयोगमा दशैको अवसरमा आयोजित प्रतियोगितामा प्रथम पुरस्कार मेडल, प्रमाणपत्र सहित १५ हजार रुपैयाँ, द्वितीय पुरस्कार मेडल, प्रमाणपत्र सहित १० हजार र तृतीय पुरस्कार मेडल, प्रमाणपत्र सहित ७ हजार रुपैयाँ रहेको जनाइएको छ ।
प्रतियोगितामा हेटौंडा उपमहानगरपालिका भित्र रहेका क्लब, संघसंस्था र हेटौंडा उपमहानगरपालिका भित्रका बासिन्दाहरुले मात्र भाग लिने पाउँने अध्यक्ष शाहीले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा सहभागी हुन चाहनेले यही असोज २० गतेसम्म कार्यालयमा फारम बुझाउनुपर्ने छ ।