मकवानपुरगढी पुगेर यसो भनिन् सांसद कुमारी मोत्तानले

गुगलपाटी संवाददाता मकवानपुर,१५ जेठ
१५ जेष्ठ २०७५ ११:५४

नेपाल कम्यूनिष्ट पार्टीको केन्द्रीय सदस्य एवम् प्रदेश सभा सांसद कुमारी मोक्तानले एमाले माओवादी एक हुनु शहिदको सपना साकार भएको बताइएकी छिन्, ।
मंगलबार मकवानपुर गढी गाउँपालिका वडा नम्बर ५ कान्चनथलीमा ११ औं गणतन्त्र दिवसको अवसरमा मकवानपुरका शहिद बासुदेव घिमिरेको सम्झनामा श्रद्धान्जली कार्यक्रमलाई सम्बोधन गर्दै सांसद मोक्तानले शहिदले देखाएको बाटोमा नै आफूहरु हिडेको उनले दाबी गरिन् ।

कार्यक्रममा बोल्दै गढीगाउँपालिकाका अध्यक्ष विदुर हुमागाईले शहिद बासुदेव घिमिरेको सम्झनामा निमार्ण हुन लागेको शहिद बासुदेव पार्कलाई पर्यटन क्षेत्र बनाईन जिल्ला कै नमुना पर्यटन क्षेत्र बनाउने बताए । गाउँपालिकाबाट यो वर्ष १२ लाख वजेट विनियोजन गरिएको समेत अध्यक्ष हुमागाईले बताए ।

सहिद बासुदेव स्मृति प्रतिष्ठान ले आयोजना गरेको भेला तथा श्रद्धान्जली कार्यक्रममा गढीगाउँपालिका वडा नम्बर ५ का अध्यक्ष जितबहादुर घिमिरे, ६ नम्बर वडा अध्यक्ष टिका प्रसाद दाहाल, जिल्ला युवा समितिका सन्तोष चौलागाई, नेपाली कांग्रेस आमभञ्ज्याङ इकाइ उपसभापति थलनाथ घिमिरे, स्थानिय अगुवा युवराज सापकोटा, कृष्णप्रसाद घिमिरे लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा सहिद बासुदेव घिमिरेका बुवा कृष्णप्रसाद घिमिरे र आमा चित्रकुमारी घिमिरेलाई नगद सहित सम्मान गरिएको थियो ।