सरकारले ल्याएको बजेटमा हेटौंडाका उधोगी ब्यवसायीको यस्तो आयो प्रतिकृया

गुगलपाटी संवाददाता हेटौंडा,१६ जेठ
१६ जेष्ठ २०७५ ११:३०

सरकराले मंगलबार आगामी आर्थिक बर्षका लागि बजेट सार्वजनिक गरेको छ । बजेटले तीन नम्बर प्रदेश र उधोग तथा ब्यापारको सवालमा पनि बिभिन्न कुरा समेटेको छ । यसैक्रममा नेपाल उद्योग बाणिज्य महासंघ तीन नम्बर प्रदेशका अध्यक्ष दिनेश श्रेष्ठले बजेटले उत्पादनमुलक उद्योगहरुलाई प्रोत्साहन दिएको बताए ।उनले शिक्षा र स्वास्थ्यमा लगाइएको अतिरिक्त कर हटाइन् राम्रो भएको बताए ।

यसरी नै नेपाल उद्योग परिसंघ तीन नम्बर प्रदेश संयोजक ऋषिराम घिमिरेले बजेट अपेक्षा अनुसार नआएको बताए ।बजेट आएपछि कार्यान्वयनको सवालमा आफूले चासो दिएर हेर्ने बताए । नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य राजकुमार न्यौपानेले भने बजेटबाट उद्योगी ब्यवसायीले धेरै आसा गर्ने ठाउँ रहेको बताए । उद्योग संघ मकवानपुरका अध्यक्ष नवराज अर्यालले प्रगतिशिल बजेट आएको. र यसले उधोगी ब्यवसायीहरुलाई उच्त्साहित बनाएको बताए । मकवानपुर उद्योग बाणिज्य संघका उपाध्यक्ष कृष्ण कुमार गुप्ता अग्रवालले बजेटले ब्यवसायीलाई बढि च्याप्न खोजेको भन्दै बजेट जनमुखी नभएको बताए ।