३ नम्बर प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउने
गुगलपाटी संवाददाता हेटौंडाहेटौंडा/प्रदेश नं. ३ को सरकारले आज नीति तथा कार्यक्रम ल्याउने भएको छ । प्रदेश प्रमुख अनुराधा कोइरालाले आज शुक्रबार प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ । नेपालको संविधानको १८४ धाराको उपधारा २ बमोजिमप्रदेश सरकारको आगामी आव २०७५/०७६ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रदेशसभा सचिवालयले जनाएको छ । नीति तथा कार्यक्रमलाई प्रदेश मन्त्रिपरिषद्ले पारित गरेको मन्त्रिपरिषद्को कार्यालयका सचिव रेश्मीराज पाण्डेले जानकारी दिनुभयो । नीति तथा कार्यक्रममा भूकम्प पछिको पुनःनिर्माण, विकास र गरिबी अन्त्यलाई प्राथमिकता दिइएको बुझिएको छ । प्रदेशसभाको सचिवालय हेटौंडामा आज दिउँसो १ बजे प्रदेश प्रमुख कोइरालाले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।