प्रदेश नम्बर तीनको नीति तथा कार्यक्रम सार्वजनिक

गुगलपाटी संवाददाता हेटौंडा,१८ जेठ
१८ जेष्ठ २०७५ १०:०५

प्रदेश नम्बर तीनले आगामी आर्थिक बर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
तीन नम्बर प्रदेशको अस्थायी मुकाम हेटौंडाका रहेको संसद भवनमा शुक्रबार सरकारका तर्फबाट प्रदेश नम्बर ३ की प्रदेश प्रमुख अनुराधा कोइरालाले नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन् । संसदमा नीति तथा कार्यक्रम सार्वजनिक गर्दै प्रदेश प्रमुख अनुराधा कोइरालाले तीन नम्बर प्रदेशको सम्मृद्धिका लागि बिभिन्न महत्वकांछी योजनाहरु अघि सारेकी छिन् ।
शिक्षा,स्वास्थ्य,कृषि तथा महिला र बालबालिकाहरुको जीवन स्तर उकास्ने खालका कार्यक्रमहरु समावेश गरिएको छ । खासगरी प्रदेश प्रमुख कोइरालाले सार्वजनिक गरेको कार्यक्रममा प्रत्येक जिल्लामा कृषि उपजका लागि सीप मुलक कार्यक्रम संचालन गरिनेछ । त्यसरी नै एकीकृत बस्ती बिकास कार्यक्रम संचालन गरिनेछ ।
भूमि आयोग गठन गरी अब्यवस्थित बस्तीहरुलाई ब्यवस्थित बनाइनेछ । आगामी पांच बर्षभित्र सरकारले प्रत्येक गाउँपालिकासम्म सडक संजाल पुर्याइ बाटो पीच समेत गर्ने लक्ष्य लिएको छ । प्रदेश नम्बर तीनको सरकारले प्रत्येक गाउँपालिकामा १५ देखि ५० शैयाको अस्पताल निर्माण गर्ने लक्ष्य राखेको राखेको छ।
संघीय राजधानी काठमाडौंका प्रदूषण नियन्त्रण गर्ने लक्ष्य समेत लिएको नीति तथा कार्यक्रममा समावेश छ । काठमाडौंको प्रदूषण सुन्यमा झार्ने र प्लाष्टिक मुक्त शहर बनाउने लक्ष्य समेत सरकारले लिएको छ । त्यसरी नै प्रदेशमा पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि पाइन लाइन बिछ्याउने कार्य समेत गरिने कुरा उल्लेख छ ।