तंग्रिए राष्ट्रकवि घिमिरे, आज घर फर्कदै
गुगलपाटी संवाददाता नयाँदिल्लीनयाँदिल्ली/ नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा दश दिनदेखि उपचाररत राष्ट्रकवि माधव घिमिरेको स्वास्थ्यमा सुधार आएको छ । सानो आन्द्रामा भएको रक्त स्राव नरोकिए पछि अघिल्लो बुधबार उहाँलाई थप उपचारका लागि दिल्ली लगिएको थियो । दिल्लीमा इन्डोस्कोपीपछि उहाँको सानो आन्द्रामा दुई ठाउँ हलुका घाउ भएको पत्ता लागेको थियो । ती घाउलाई लेजर प्रबिधिबाट डामिएको थियो । उक्त उपचारपछि रक्तस्राव रोकिएसंगै घिमिरेको स्वास्थमा सुधार हुँदै आएको थियो । स्वास्थ्य अवस्थामा सुधार आएपछि घिमिरे आज बिहान अस्पतालबाट डिस्चार्ज भएर सोझै एअरपोर्ट जानुहुने र बिहान साढे दश बजे नेपाल एयरलाइन्सको बिमानबाट नेपाल पआइपुग्ने उहाँका छोरा इन्दिवरले जानकारी दिनुभयो ।