हिंसा रोक्न धार्मिक संजालका सदस्यलाई प्रशिक्षण
गुगलपाटी संवाददाता हेटौंडा,१९ जेठसिविन नेपालको आयोजना र प्लान इन्टरनेशनलको सहकार्यमा बालिका वकालत संजाल कार्यक्रम अन्र्तगत अन्तर धार्मिक संञ्जालका सदस्यहरुको लागि हेटौंडामा २ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
लैङ्गिकताको आधारमा हुने हिंसा परम्परागत हानीकारक अभ्यासमा कमी ल्याउन, आर्थिक सशक्तिकरणका लागि पैरव गर्ने, नीति नियमहरुको प्रभावकारी कार्यान्वयनका लागि धार्मिक अगुवाहरुको लागि यो कार्यक्रम संचालन गरिएको सिविन बालहेल्पलाइनका जिल्ला संयोजक झबिन्द्र ज्ञवालीले बताए ।
कार्यक्रममा बालबालिका, किशोर किशोरी, तथा महिलाहरुको सवालमा समाजमा रहेका समाजिक कुरुतिहरु जस्तै बालविवाह, यौन दुब्र्यवहार, बोक्सी प्रथा, छाउपडी प्रथा आदि विरुद्ध अन्तर धार्मिक संजाल मार्फत त्यसलाइ कसरी न्यनिकरण गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर प्रशिक्षण भएको अन्तर धार्मिक संजालकी कार्यक्रम संयोजक नाहिद वानुले बताए । त्यसै गरि संजालका सल्लाकार डा.के.वी. रोकाया, संजालका सचिव हर्ष थापा र अधिवक्ता मुकुन्द अधिकारीले कार्यक्रमको सहजीकरण गरेका थिए । आगामी दिनमा यस संजालले सामाजिकरुपमा रहेको विकृतिहरु बालविवाह, छुवाछुत, बोक्सि प्रथा, दुब्र्यवहार लगायतका विषयमा सबै धर्मका अगुवाले आआफ्नो धर्मको मुल्यमान्यताका विषयमा सरोकारवालाहरुसँग छलफल गर्ने निर्णय भएको जिल्ला संजालका अध्यक्ष सुवास अधिकारीले जानकारी दिनु भयो । सबै धर्ममा लैंिगक हिंसा विरुद्धमा के कस्ता ब्यवस्था छन भन्ने विषयमा ब्यापक छलफल हुनुको साथै धार्मिक अगुवाहरुले विवाह गर्नु पर्दा अनिवार्यरुपमा नागरिकता तथा जन्मदर्ता हेरेर मात्र विवाह गराउनु पर्ने विषयमा धार्मिक अगुवाहरुले प्रतिवद्धता जनाएका छन् ।
कार्यक्रममा प्लान नेपालका रामखत्रीले समाजमा धार्मिक अगुवाले चाहेमा खराव संस्कारहरुलाइ अन्त्य गर्न सक्ने बताए । मकवानपुरका अन्तर धार्मिक संजालका अध्यक्ष सुवास अधिकारीले यस कार्यक्रमबाट निर्माण गरिएको कार्ययोजन अनुसार गाउँ गाउँमा गए समाजमा रहेका धार्मिक रुपमा रहेका भ्रमहरुलाइ चिर्ने बताए । जिल्ला स्तरको संजालबाट १५ जना र मनहरी गाउँ पालिका स्तरको संजालबाट ८ जना गरि २३ जना धार्मिक अगुवाहरुको सहभागिता रहेको थियो ।