हेटौंडामै राजधानी रहने प्रधानमन्त्री ओलीको संकेत

गुगलपाटी संवाददाता हेटौंडा,जेठ २१
२१ जेष्ठ २०७५ १२:०४

प्रधानमन्त्री केपि शर्मा ओलीले ओलीले प्रदेश तीनको राजधानी हेटौांमा नै रहने संकेत गरेका छन् । प्रदेशसभा तीनलाई आईतबार हेटौंडामा सम्बोधन गर्दै उनले भने, ‘सदरमुकाम हेटौंडामा हुँदा अन्य क्षेत्रमा विकास नहुने होईन ।’


सहमतिमा नै प्रदेशको राजधानी र नाम टुङ्गो लगाउन प्रदेशसभा सदस्यहरुलाई आग्रह गर्दै ओलीले प्रदेश राधानीलाई हेरेर मात्र विकास हुने स्पष्ट पारे । ‘शदरमुकाम भन्दा अरु ठाउँ नराम्रो हुँदैन । सबै ठाउँको विकास हुन्छ’, उनले भने, ‘यो प्रदेशसभाको अधिकारको कुरा हो । बिवाद भन्दा पनि सहमतिमा टुङ्गो लगाउनुहोला ।’
साथै प्रदेशको नाम पनि सहमतिमा नै टुङ्गो लगाउन उनले आग्रह गरे । ‘साँघुरो भन्दा फराकिलो बाटो हिँड्पर्छ’, प्रधानमन्त्री ओलीले भने, ‘यो समय यस्ता विषयमा झगडा गरेर बस्ने भन्दा पनि देश विकामा लाग्ने बेला हो ।’


आफुहरुले लडेर ल्याएको लोकतन्त्र खतरामा पर्न नदिने उनले बताए । कम्युनिष्ट पार्टीहरुको एकतापछि देश अधिनायवादतर्फ अघि बढेको आरोप लगाउँदै बिपक्षिहरुले चिन्ता ब्यक्त गरको भन्दै उनले भने, ‘ अधिनायकवादको लागि लोकतन्त्र ल्याइएको होईन ।’
अबको केही वर्षभित्र कोही पनि नेपालीले भिख मागेर खानुपर्ने अवस्थाको अन्त्य गरिने प्रधानमन्त्री ओलीका दाबी छ । साथै भ्रष्टाचार बिरुद्ध निर्मम भएर प्रस्तुत हुने उनको संकेत छ ।