किम-ट्रम्प भेट्ने होटेलको भाडा प्रतिदिन साढे ६ लाख, उत्तर कोरियासँग छैन पैसा

गुगलपाटी संवाददाता वासिङ्टन
२२ जेष्ठ २०७५ ०६:१२

डोनाल्ड ट्रम्प र किम जोङ्ग उनबीच १२ जुनमा सिंगापुरमा भेटवार्ता हुँदैछ । यसलाई लिएर अमेरिकी र उत्तर कोरियाली अधिकारी तयारीमा जुटेका छन् ।

यी सबका बीच अन्तरराष्ट्रिय प्रतिबन्ध झेलिरहेको उत्तर कोरिया आर्थिक संकटसँग पनि जुधिरहेको छ। सिंगापुरको जुन रिसोर्ट दुई नेताको बैठक हुँदैछ, त्यस रिसोर्टको प्रेसिडेन्सियल सुइटको एक रातको भाडा मात्रै ६ हजार डलर (करिब ६ लाख ४७ हजार रुपैयाँ) छ ।

उत्तर कोरियाले किम र प्रतिनिधिमण्डलको खर्च तिर्न नसक्ने अवस्था छ । अमेरिकाले अहिले उत्तर कोरियाको टोलीको खर्च तिराउनका लागि आफू निकटका देशलाई मनाउनमा जुटेको छ।

सिंगापुरको नदी नजिकै बैठक 

वासिङ्गटन पोस्टको समाचार अनुसार ट्रम्प र किमबीच होटल फुलर्टनमा वार्ता हुँदैछ । होटल सिंगापुर नदी नजिकै छ । यहाँ प्रेसिडेन्सियल सुइटको एक रातको भाडा ६ लाख ४७ हजार रुपैयाँ छ ।

पैसाको अभावलाई लिएर हालै मात्र व्हाइट हाउसका डेपुटी चिफ स्टाफ जो हेगिन र किम जोङ्गका अधिकारी किम चाङ्ग सोनबीच वार्ता भएको थियो ।

एक अमेरिकी अधिकारीले भने, ‘यदि उत्तर कोरियालाई फाइभ स्टार होटलको बिल तिर्न समस्या हुन्छ भने त्यो अवस्थामा तिर्न हामी तयार छौँ । तर यसो गर्दा उसले आफ्नो अपमान नसम्झियोस ।’

अमेरिकी योजनाकार कुनै यस्तो देशको खोजीमा छन्, जसले सिंगापुरमा उत्तर कोरियाली प्रतिनिधिमण्डलको बिल तिर्न सकोस ।

अमेरिकी विदेश विभागका प्रवक्ता हिदर नुअर्टले सिंगापुर सरकारले नै उत्तर कोरियाली प्रतिनिधिमण्डलको होटलको बिल तिर्न सक्ने बताए । उनले उत्तर कोरियाली टोलीको बिल अमेरिकाले नतिर्ने स्पष्ट पारे ।

आर्थिक संकटमा उत्तर कोरिया

हालै मात्र दक्षिण कोरियाको पयोङ्गचाङ्गमा शीतकालीन ओलम्पिक भएको थियो । यसमा दक्षिण कोरियाले उत्तर कोरियाली प्रतिनिधिको २.६ मिलियन डलर (करिब २८ करोड रुपैयाँ) को बिल तिरिदएको थियो ।

यसै कार्यक्रममा भाग लिन आएको उत्तर कोरियाको २२ सदस्यीय टोलीलाई अन्तरराष्ट्रिय ओलम्पिक समितिले पैसा दिएको थियो ।

सन् २०१५ मा अमेरिकी नेशनल इन्टेलिजेन्सका निर्देशक जेम्स आर क्लेपर दुई कैदीलाई छाड्न उत्तर कोरिया गएका थिए । उनलाई त्यहाँ कोरियाली मिष्ठान्न दिइयो । क्लेपरले आफ्नो सत्कारका लागि पैसा लिन पनि आग्रह गरेका थिए ।

उत्तर कोरियाका सोभियत युगका पुराना विमान देशमा विमानस्थल बनाउन नसकेपछि चीनमा अवतरण गराउनुपर्ने बाध्यता छ । एजेन्सीको सहयोगमा