चट्याङ लागेर बकैयामा २ जनाको मृत्यु, चारजना घाइते
हेटौंडा, २३ जेठ/ हेटौंडाहावाहुरीसहित परेको चट्याङ लागेर गएराती मकवानपुरको बकैया गाउँपालिकामा २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते छन् ।
बकैया गाउपालिका–९, शिखरपुरमा परेको चट्याङ लागेर स्थानीय ५५ वर्षीय छलिमाया थिङ र उनको १५ महिने नाती देव थिङको मृत्यु भएको हो ।
राति परेको चट्याङ लागेर घाइते दुवैजनालाई उपचारका लागि हेटौैंडा अस्पतालमा ल्याइएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
चट्याङ लागेर शिखरपुरका ४ जना घाइते भएका छन् । उनीहरुको अहिले हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।
घाइते हुनेहरुमा २२ वर्षीया निर्मला भ्लोन, ५ वर्षीय निमेष भ्लोन, २ वर्षीया निशा भ्लोन र ६ वर्षीय राजु थिङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।