गृहमंत्रीले भने : अब पालो ठूलै माछाको हो
गुगलपाटी संवाददाता काठमाडौंगृहमन्त्री रामबहादुर थापा बादलले नेपालमा लामो समयदेखि भइरहेको सुन तस्करीको अनुसन्धान गम्भीररुपमा भइरहेको बताएका छन् । गृहमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री थापाले सुन तस्करीमा ठूला माछा नसमातिई भुरा माछा मात्रै समातिए भन्नु अहिले नै उपयुक्त नहुने बताए ।
‘माछा मार्ने काम जारी छ, अनुसन्धान जारी छ । अहिले भुरा र मझौला परेका छन्’, थापाले भने, ‘अहिले अनुसन्धान जारी छ । आशा गरौँ ठुला माछा पनि पर्छन् र पर्नुपर्छ ।’
‘हिजो मात्रै एकजना माछा फेरि परेको छ । माछा मार्ने काम जारी छ’, थापाले विश्वास दिलाउँदै भने, ‘अनुसन्धान जटिल भएकाले अहिले नै निचोड निकालेर टिप्पणी गरिहाल्नु उचित हुन्न, हामी यसलाई टुंगोमा पुर्याउँछौँ ।’
साढे ३३ किलो सुन तस्करीबारे गृहमन्त्रालयले गठन गरेको छानबिन समितिमाथि विभिन्न प्रश्न उठिरहेका बेला मन्त्री थापाले यस्तो प्रष्टिकरण दिएका हुन् । मन्त्री थापाले पत्रकार सम्मेलनमा प्रष्टसँग अहिले