प्रदेशसभामा आज मुख्यमन्त्रीले जवाफ दिने
हेटौंडा, २४ जेठ/ हेटौंडाप्रदेश ३ सरकारले आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफल सकिएको छ । मंगलबार र बुधबार बसेको प्रदेशसभा बैठकमा सदस्यहरूले धारणा राखेका थिए ।
करिब ७० जना प्रदेशसभा सदस्यहरुले दुईदिनमा आफ्नो धारणा राखेका थिए । प्रदेशसभा सदस्यले बोल्नेक्रम सकिएसँगै आज मुख्यमन्त्री डोरमणि पौडेलले जवाफ दिने कार्यक्रम रहेको छ । अहिले १ बजे बस्ने बैठकमा मुख्यमन्त्रीले जवाफ दिइसकेपछि नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची रहेको छ । हिजोको छलफलमा सहभागी सत्तापक्षका सांसदले नै नीति तथा कार्यक्रमको आलोचना गरेका थिए ।
सत्तारूढ केही सांसदले धेरै विषय छुटेको भन्दै बजेटमा समेट्न सुझाव दिएका छन् भने केहीले बचाउ गरेका थिए ।