आयल निगमबाट खड्काको बर्हिगमन,अब निर्देशकमा राजनीतिक नियुक्ती नहुने

गुगलपाटी संवाददाता काठमाडौं
२४ जेष्ठ २०७५ ०७:१६

नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले राजीनामा दिएका छन्। सरकारले मन्त्रालय तानेर जिम्मेवारीविहीन बनाएको ९ महिनापछि खड्काले राजीनामा दिएका हुन्।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बिहीबार बिहान पत्रकार सम्मेलन गरी खड्काले राजीनामा दिएका हुन्।ुमलाई मन्त्रालय तानेर जिम्मेवारीविहीन बनाइयो , खड्काले भने, मेरो कार्यकाल अझै ६ महिना बाँकी छ तर जिम्मेवारीविहीन भएर बस्नुभन्दा राजीनामा गर्नु नै ठिक लाग्यो र मन्त्रीलाई राजीना पत्र बुझाएँ। उनले बिहानै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवलाई राजीनामा पत्र बुझाएको बताए।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बिहीबार पत्रकार सम्मेलन गरी खड्काले राजीनामा दिएका हुन्।यसैबीच सरकारले नेपाल आयल निगमको कार्यकारी निर्देशक खुला प्रतिस्पर्धाबाट नियुक्त गर्ने भएको छ। गोपाल खड्काले राजीनामा दिएलगत्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले निगमको कार्यकारी निर्देशक नियुक्तिका लागि तत्काल प्रक्रिया अगाडि बढाउने बताए।

ुउहाँ ९खड्का० आफैले राजीनामा दिएर सहज बनाउनु भएको छु, खड्काले राजीनामा दिएलगत्तै मन्त्रालयमा आपूर्तिमन्त्री यादवले पत्रकारसँग भने, ुखुला प्रतिस्पर्धाबाट नियुक्त गर्न आजैदेखि प्रक्रिया अघि बढाउँछौँ।ु