संघका पदाधिकारी र बाणिज्यराजदूतबीच भेटघाट

गुगलपाटी संवाददाता हेटौंडा,२४ जेठ
२४ जेष्ठ २०७५ १०:४८

मकवानपुर उद्योग वाणिज्य संघले बीरगंजमा रहेको भारतीय महावाणिज्यदुतसंग भेटघाट गरेको छ । आप्mना विभिन्न परियोजनाहरुको अवलोकन गर्ने क्रममा मकवानपुर आएको अवसरमा संघले भारतीय महावाणिज्यदुतसंग अनौपचारिक भेट तथा छलफल गरेको हो । संघमै भएको छलफलको क्रममा भारतीय महावाणिज्यदुत वि.सी. प्रधानले मकवानपुरलाई औद्योगिक र पर्यटनमा अघि बढाउनुपर्ने सुझाव दिएका छन् ।
मकवानपुरको जैविक विविधता र यहाँको भौगोलिक वातावरणको कारण औद्योगिक र पर्यटनमा लगानी वृद्धि गर्न सके रोजगारी र आर्थिक विकासमा यस क्षेत्रले नै ठूलो फड्को मार्न सक्ने पनि उनले बताएका छन् । नेपाल भारत बहुप्राविधिक महाविद्यालय निर्माणको कार्य अघि बढिरहेको र समय समयमा आउने विभिन्न बाधा व्यवधानहरुलाई मिलेर सुल्झाउन सके भोलिका दिनमा दक्ष जनशक्ति उत्पादन भई यही क्षेत्रका उद्योगहरुमा रोजगारी प्राप्त गर्न सकिने पनि प्रधानले बताए । संघका अध्यक्ष कृष्ण कटुवालले छलफलको क्रममा मकवानपुरको कृषि, उद्योग तथा पर्यटन क्षेत्रमा उल्लेख्य विकास गर्न संघले पनि विभिन्न कार्य गरिरहेको र गर्दै जाने बताएका थिए । भारतको औद्योगिक र पर्यटकीय विकास भएका क्षेत्रहरुको अध्ययन अवलोकन भ्रमण गर्न आवश्यक सहयोग र सहकार्यकालागि अध्यक्ष कटुवालले महावाणिज्यदुतसंग गरेको आग्रह प्रति प्रधान सकारात्मक रहेका थिए । यसअघि संघलाई १ थान एम्बुलेन्स प्राप्त भएकोमा उक्त एम्बुलेन्सले मनहरी क्षेत्रका बासिन्दालाई सहयोग पु¥याईरहेकोमा धन्यवाद प्रदान गर्दै अध्यक्ष कटुवालले नगरकालागि आवश्यक १ थान दमकलको लागि पनि सहयोग माग गर्नुभएको थियो । दमकलकालागि हेटौंडा उपमहानगरपालिकामार्पmत प्रस्ताव अघि बढाउन प्रधानले आग्रह गरेका छन् । छलफलमा आगामी दिनहरुमा लगानी प्रवद्र्धन, व्यवसाय विस्तारलगायतका विषयमा संयुक्त कार्यक्रमहरु गर्दै जाने तय भएको अध्यक्ष कटुवालले बताएका छन् ।

छलफल कार्यक्रममा संघका उपाध्यक्ष रामप्रसाद न्यौपाने, महासचिव प्रमोद सिंह रानाभाट, कोषाध्यक्ष अनिल अग्रवाल, सचिवद्वय सन्तोष कुमार अर्याल, काव्यमणि अधिकारी, कार्यकारी सचिव विवेक मानन्धर र भारतीय महावाणिज्यदुत कार्यालयकै वाणिज्य विभाग प्रमुख कोत्रास्वामी एम. को पनि उपस्थिति रहेको थियो ।