छायाँदेवी स्मृति मानव अधिकार सम्मान देव नारायण यादवलाइ
गुगलपाटी संवाददाता हेटौंडा,२६ जेठमानव अधिकारको सन्दर्भमा उपभोक्ताको अधिकार र वर्तमान कानुनी व्यवस्था विषयक कार्यपत्र प्रस्तुति, अन्तरसंवाद तथा छायाँदेवी स्मृति मानव अधिकार सम्मान समर्पण कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
नेपाल मानव अधिकार संगठन मकवापनुरको आयोजनामा कार्यक्रम भएको हो । हेटौंडा उपमहानगरपालिकाको उपमेयर मिना लामाको प्रमुख आतिथ्यता भएको कार्यक्रममा नेपाल मानव अधिकार संगठनका अध्यक्ष कृष्णप्रसाद दाहालको सभाध्यक्षता रहेको थियो । कार्यक्रममा गैससका प्रदेश नं. ३ का अध्यक्ष बुद्ध शरण लामा, उच्च बार एसोसिएसन हेटौंडाका अध्यक्ष पुष्क बहादुर थापा क्षेत्री, वरिष्ठ अधिवक्त केशव प्रसाद काफ्ले, प्रहरी नायव उपरिक्षक दिलिप राज झालगायतले मन्तव्य व्यक्त गर्नुभएको हो ।
कार्यक्रममा छायादेवी स्मृति मानव अधिकार सम्मानबाट शिमा रक्षार्थ अधिकारको लड्नुहुने देव नारायण यादवलाई नगद ५ हजार १ सहित सम्मान गरिएको थियो । कार्यक्रममा अधिवक्ताद्वय कृष्ण प्रसाद भण्डारी र अप्सरा बस्नेतले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।