उत्कृष्ट विद्यार्थी तथा ज्येष्ठ नागरिक सम्मानित
गुगलपाटी संवाददाता मकवानपुर,३१ जेठमकवानपुरको बागमती गाउँपालिकाले बागमती गाउँपालिकाका एस.ई.ई.मा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीलाई नगद सहित सम्मान गरेको छ । एस.ई.ई.मा ए प्लस, ए, बि प्लस ल्याउन सफल जनता माविबाट ५ जना, बागमती मावि १ जना, देवकी मावि २ जना र सुर्य मावि २ जना गरि गाउँपालिका भरिका १० जना विद्यार्थीहरुलाई सम्मान गरेको सो कार्यक्रमको संयोजक नितु शाहले बताईन् ।
४ वटा विद्यालयका ३ जना ए ल्याउन सफल विद्यार्थीहरुलाई सम्मानपत्र सहित जनही १५ हजारका दरल र ए प्लस ल्याउन सफल ७ जना विद्यार्थीहरुलाई सम्मान पत्र सहित जनही १२ हजारको दरले प्रदान गरेको शाहले बताईन् ।
त्यस्तै बागमती गाउँपालिकाभरिमा एस.इ.इ.मा उत्कृष्ट नतिजा ल्याउन सफल भएको भन्दै जनता उच्च माविलाई नगद १ लाख ५० हजार सहित सम्मान गरेको छ भने आधारभुत विद्यालय अन्र्तगत शिक्षा, वातावरण, सरसफाई लगायत हरेक तवरबाट उत्ृकष्ट पर्न सफल देवहित आधारभुत विद्यालयलाई नगद ५० हजार सहित सम्मान प्रदान गरेको आयोजकले जनाएको छ । त्यस्तै विपन्न तथा जेहेन्दार १ सय ३५ जना विरुद्यार्थी एक वर्ष भरि पुग्ने शैक्षिक सामाग्री समेत प्रदान गरेको छ ।
यसैबीच मकवानपुरको बागमती गाउँपालिकाले गाउँपालिका जेष्ठ नागरिकलाई सम्मान गरेको छ । गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरि ९ वडाका १८ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान गरेको हो । सम्मानित हुनेहरुमा वडा नम्बर १ का ९८ वर्षिय काईली माया मोक्तान, ९९ बर्षिय साईला झोलङ राई, वडा नम्बर २ का ९८ बर्षिय नर बहादुर क्षेष्ठ, ८२ बर्षिय माइती माया माझि, वडा नम्बर ३ का कर्मध्वज लामा, माईली माया थिङ, वडा नम्बर ४ की ७९ बर्षिय दामो माया वाइवा, ८५ बर्षिय लाल बहादुर स्याङवोलाई नगद ४ हजार सहित दोसल्ला ओडाएर सम्मान पत्रद्धारा सम्मान गरिएको थियो भने रात्रिको लागि टर्च, छाता समेत प्रदान गरिएको हो ।
त्यस्तै वडा नम्बर ५ की ८५ बर्षिय गुईची माया घलान, ८२ बर्षिय लोक बहादुर ग्यालन, वडा नम्बर ६ का ८५ बर्षिय रण बहादुर ब्राम्हु, ७५ बर्षिय कालि राई, वडा नम्बर ७ का ८६ वर्षिय अवनाथ घोरासाईली, विक्षु माया राई, वडा नम्बर ८ का ७२ वर्षिय मान बहादुर सिन्तान, ८० वर्षिय कान्छि माया थोकर र ९ नम्बरका शन्त बहादुर रखाल, भद्र कुमारी ठाडामगरलाई नगद ४ हजार सहित दोसल्ला ओडाएर सम्मान पत्रद्धारा सम्मान गरिएको थियो भने रात्रिको लागि टर्च, छाता समेत प्रदान गरिएको जेष्ठ नागरिकलाई सम्मान कार्यक्रमका संयोजक उर्मिला नेपालीले जानकारी दिईन् ।
सो कार्यक्रमको प्रमुख अथिति समेत रहेको ३ नम्बर प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामीले आफ्नो बाबु आमालाई वृद्ध आश्रममा नभई न्यानो काखमा राख्नको लागि आग्रह गरेका छन् । बागमती गाउँपालिकाले आयोजना गरेको जेष्ठ नागरिक सम्मानलाई सम्बोधन गर्दै पुलामीले ३ नम्बर प्रदेशमा आगामी आर्थिक वर्ष देखि हाल दिदै आईरहेको रकम केहि थप गरि दिने तयारी भईरहेको बताए । सो रकमले जिवन धान्न नपुग्ने भन्दै कसैले देला कि भनेर आश गर्नु भन्दा पनि जन्म दिने आफ्नो बाआमालाई सँधै सम्मान तथा माया गर्न आग्रह गरे ।