हेर्नुस् राष्ट्रिय सभामा कसको कति कार्यकाल

गुगलपाटी संवाददाता काठमाडौं
४ असार २०७५ ०६:५२

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल ६ वर्ष कायम भएको छ । उनी तत्कालीन एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए ।

राष्ट्रियसभामा नेकपा संसदीय दलको नेता दिनानाथ शर्माको कार्यकाल भने चार वर्ष कायम भएको छ ।

यसैगरी कांग्रेस दलको नेता सुरेन्द्र पाण्डेको कार्यकाल भने दुई वर्ष कायम गरेको छ ।

राष्ट्रियसभा उपाध्यक्ष शशिकला दाहालको कार्यकाल चार वर्ष कायम भएको छ । यसैगरी कांग्रेस प्रमुख सचेतक सरिता प्रसाईंलाई दुई वर्षको चिठ्ठा परेको छ ।यसरी नै गृहमंत्रीको ६ बर्ष र अर्थमंत्रीको २ बर्षको कार्यकाल चिठ्ठामा परेको छ ।

यस्तै,मकवानपुरमा राष्ट्रिय सभामा पर्न सफल सांसद रामनारायण बिडारीका चार बर्ष र रामचन्द्र राइको भने कार्यकाल ६ बर्षको भएको छ।