प्रधानमन्त्री ओली बेइजिङ उडे

गुगलपाटी संवाददाता काठमाडौं 
५ असार २०७५ ०४:३३

प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने भ्रमणका लागि चीन प्रस्थान गरेका छन् । मंगलबार बिहान ९ बजे  हिमालयन एयरलाइन्सको विमानबाट ओली बेइजिङ प्रस्थान गरेका हुन्।

प्रधानमन्त्री ओलीको भ्रमण दलमा सरकारी प्रतिनिधि ४७ जना, विभिन्न राजनीतिक दलका संघीय संसद् सांसद ९ जना, निजी क्षेत्रबाट ५२ जना, सञ्चारकर्मी ११  जना गरी १ सय १९ जना रहेका छन् ।

प्रधानमन्त्रीको भ्रमणमा चार जना मन्त्री सहभागी छन्। जसमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उर्जा तथा जलस्रोत मन्त्री वर्षमान पुन, भौतिक योजना, पूर्वधार तथा यातायात मन्त्री रघुवीर महासेठ रहेका छन् ।

प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपति सी चिङफिङ, प्रधानमन्त्री ली खछियाङलगायत चीनका उच्चस्तरीय नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ ।

ओली तिब्बतको ल्हासा हुँदै असार १० गते नेपाल फर्कने छन् ।