१९ बुँदे घोषणा पत्र जारी गर्दै हेटौंडामा जिल्ला सभापतिको भेला सम्पन्न(घोषणा पत्र सहित)
गुगलपाटी संवाददाता मकवानपुर,८ असारगएको मंगलबारबाट मकवानुरको हेटौंडामा शुरु भएको नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको राष्ट्रिय भेला आज १९ बुँदे हेटौंडा–घोषणापत्र जारी गर्दै सकिएको छ ।
भेलाले पार्टी विधान सम्बन्धि विभिन्न जिल्ला, प्रदेश तथा सामुहिक रुपमा प्रदान गरिएको सुझावहरुलाई मध्यनजर राखी आगामी महासमिति बैठकबाट विधान संशोधन एवं परिमार्जन गर्ने,तमाम पार्टीका चुनौतीहरुलाई सामुहिक रुपमा एकताबद्ध भइ संकल्प गर्ने,यो बर्षलाई प्रशिक्षण बर्षको रुपमा मनाउने,तत्काल महासमितिको बैठक आह्वान गर्ने,सरकारले संबिधान बिरोधी कार्य गरे तत्काल बिरोध गर्ने लगायतका १९ बुँदा घोषणा पत्रमा समावेश गरिएको नेपाली काँग्रेसका प्रवक्ता बिश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।
आज आयोजित समापन कार्यक्रममा नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा,बरिष्ठ नेता रामचन्द्र पौडेल,महामंत्री शशांक कोइराला,सहमहामंत्री प्रकाशशरण महत,कोषाध्यक्ष सीतादेवी यादव लगायतले संबोधन गर्नुँहुँदै नेपाली काँग्रेसलाई अझै शसक्त र बलियो प्रतिपक्ष बनाउने प्रतिबद्धता जनाउनुभएको छ । नेपाली काँग्रेसको भेलामा देशभरका ७७ जिल्लाका सभापतिहरुको सहभागिता रहेको थियो ।