देउवाले भने मेरो केही गल्ती छैन,पौडेलले भने सभापतिकै साथमा छु

गुगलपाटी संवाददाता मकवानपुर,८ असार
८ असार २०७५ ०७:२२

नेपाली काँग्रेसका सभापित शेर बहादुर देउवाले पार्टीको शीर्ष तहमा कहिल्यै कुनै कुराको विवाद नभएको कुरा बताउनुभएको छ ।
मकवानपुरको हेटौंडामा गएको मंगलबारबाट शुरु भइ आज सकिएको जिल्ला सभापतिहरुको समापन भेलालाई संबोधन गर्दै सभापति देउवाले नेपाली काँग्रेसका अगाडि चुनौती रहेका कारण सबै एक भएर चुनौती समाधान गर्नुको बिकल्प नभएको बताउनुभयो उहाँले सबै कम्यूनिष्टहरु एक भएकाले काँग्रेस पनि एक हुनुपर्ने हुँदा आफ्नो जिल्लामा काँग्रेस बलियो बनाउन तर्फ लाग्न सभापतिहरुलाई निर्देशन दिनुभयो । उहाँले स्थानीय तथा प्रदेश र संघीय चुनावमा जिल्ला सभापतिहरुले नै आफूलाई चुनाव जितिन्छ भन्ने गरेका कारण चुनावमा पार्टी पराजित हुनुमा आफू दोषी नभएको उल्लेख गर्नुभयो । उहाँले तत्कालिन समयमा शुशीला कार्की र आइजिपी प्रकरणमा आफ्नो दोष नभइ परिस्थिति नै त्यस्तो बनेको बताउनुभयो ।
कार्यक्रमलाई संबोधन गर्दै बरिष्ठ नेता रामचन्द्र पौडेलले आफूले पार्टी सभापतिलाई कहिल्यै पनि असहयोग नगरेको र असहयोग गर्नुपर्ने कारण पनि नरहेको बताउनुभयो । उहाँले बामहरु एक भउकाले सबै लोकतान्त्रिक शक्ति पनि एक हुनुपर्ने र जसको नेतृत्व काँग्रेसले गर्ने जिकिर गर्नुभयो ।
यसैबीच मंगलबारबाट मकवानुरको हेटौंडामा शुरु भएको नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको राष्ट्रिय भेला आज १९ बुँदे हेटौंडा–घोषणापत्र जारी गर्दै सकिएको छ ।१९ बुँदे हेटौंडा संकल्प पत्र जारी गर्दै भेला सकिएको पार्टीका प्रवक्ता बिश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।