टर्कीको राष्ट्रपतिमा एर्दोगान विजयी

गुगलपाटी संवाददाता  टर्की
११ असार २०७५ ०४:२८

 टर्कीको राष्ट्रपतिमा रजेप तैयप एर्दोगान विजयी भएका भएका छन् । आफ्ना निकटतम प्रतिद्वन्द्वी मुहर्रेम इञ्जालाई पराजित गर्दै एर्दोगान दोस्रो कार्यकालका लागि विजयी भएका हुन् ।चुनावी नतिजापछि बोल्दै एर्दोगानले टर्कीले विश्वलाई नै लोकतन्त्रको पाठ सिकाएको बताएका छन् ।

आधाभन्दा कम मत ल्याएको अवस्थामा पुनः अर्को चरणमा चुनाव हुने परिपाटी टर्कीमा छ । तर एर्दोगान पहिलो चरणमै आधाभन्दा बढी मत ल्याएर विजयी भएका छन् ।टर्कीको नयाँ संविधानले राष्ट्रपतिलाई धेरै अधिकारसहित शक्तिशाली बनाएको छ । राष्ट्रनिर्माता आटाटर्कपछि सबैभन्दा शक्तिशाली नेता एर्दोगान बनेका छन् ।

यद्यपि, यसको औपचारिक घोषणा भने भएको छैन । शुक्रबार यसको परिणाम सार्वजनिक गर्ने तयारी त्यहाँको निर्वाचन आयोगले गरेको बीबीसीले जनाएको छ ।टर्कीका प्रमुख निर्वाचन अधिकारी सादी गुभेनले बीबीसीसँग एर्दोगानले सुविधाजनक मतका साथ विजयी हासिल गरेको बताएका छन् । तर उनले विस्तृत मत परिणाम भने दिएका छैनन् ।