भूकम्प पीडित बस्तीमा सरसफाई र खानेपानीको अभियान

गुगलपाटी संवाददाता
१२ असार २०७५ ०९:००

भूकम्प गएको दुई वर्ष बितेको छ । तर भूकम्पले सानु नयाँ गाउँका बासिन्दालाई जीवनभर बिर्सन नसक्ने पीडा दिएर गयो ।
मकवानपुरको इन्द्रसरोबर गाउँपालिका ५ फाखेलस्थित सानु नयाँ गाउँमा भूकम्पले खानेपानीको मुहान सुकाएपछि घण्टौं खोला र इनार धाएर पानी बोक्नुको बिकल्प छैन । डाँडामा रहेको गाउँभरीका महिला र बालवालिकाको दैनिकी पानी ओसार्दैमा बित्ने गरेको छ । स्थानीय सिताराम लामाले भने, ‘भूकम्पपछि हामीले न त गाउँ छाड्न सकेका छौं न त गाउँमा पानी ल्याउन ।’ गाउँमा रहेका ३५ परिवारमध्ये अधिकांसले पानी अभावकै कारण पशु चौपाया पालनमा कटौती गर्दै गएका छन् । खानेपानी अभावकै कारण यहाँका कतिपय परिवार अन्यत्र बसाँई सर्ने समेत तयारीमा थिए ।
तर आज भोली भने उनीहरुमा नयाँ आसा पलाएको छ । घण्टौं पानी बोक्नुपर्ने बाध्यतामा रहेका उनीहरुलाई गाउँमा पुनः खानेपानी पु¥याउन काम सुरु भएको हो । गाउँबाट करिब आधा घण्टाको पैदल दुरीमा रहेको खानेपानी मुहानबाट पानी ल्याउन काम सुरु भएपछि उनीहरुमा नयाँ आशा पलाएको हो । प्लान इन्टरनेशन नेपालको आर्थिक सहयोगमा राडो नेपालले १२ लाख ८५ हजार रुपैयाँ सहयोगमा २ वटा पम्पिङमार्फत खानेपनी ल्याउन काम थालिएको छ । पाँच नम्बर वडा अध्यक्ष धनराज महर्जनले चालु आर्थिक वर्षभित्रमा नै खानेपानी गाउँमा पु¥याउने लक्ष्यका साथ काम भईरहेको बताए ।
नयाँ सानुगाउँसँगै ४ नम्बर वडास्थित फाखेलचौर गाउँमा पनि खानेपानी पु¥याउन काम भइरहेको छ । जुकेखोला खानेपानी आयोजना मार्फत गाउँका २२ परिवारलाई खानेपनी सुविधा पु¥याउन काम भईरहेको ४ नम्बर वडा अध्यक्ष धनबीर स्याङ्तानले बताए । खानेपानी आयोजना निर्माणको लागि आवश्यक सामग्री खरिदको काम भइहरको बताउँदै उनले नौ लाख ५० हजार रुपैयाँमा आयोजना सम्पन्न गर्ने लक्ष्य रहेको बताए । ‘उक्त रकमध्ये करिब साढे सात लाख राडो नेपाल मार्फात प्लानले सहयोग गरेको छ । अरु हामी आफैलै श्रमदानमार्फत जुटाउँछौं’, उनले भने ।
नयाँ खानेपानी आयोजना निर्माणसँगै भूकम्पले क्षति पु¥याएका मुहानहरु पनि मर्मत गरिएको छ । इन्द्रसरोबर ९ सिस्नेरीस्थित माथिल्लो ज्यामिरेमा खानेपानी आयोजना मर्मत गरिएको राडो नेपालका सामाजिक परिचालक बद्रि देवकोटाले बताए ।
खानेपानी तथा स्वच्छता समिति गठन
इन्द्र सरोबार गाउँपालिकामा खानेपानी तथा स्वच्छता समन्वय समिति गाउँ समन्वय समिति गठन भएको छ । प्लान नेपालको आर्थिक र राडो नेपालको प्राविधिक सहयोगमा गाउँपालिका अध्यष जीवन लामाको अध्यक्षतामा समिति गठनसँगै सरसफाई सम्बन्धि अभिमुखिकरण तालिम दिईएको छ । गाउँपालिकाको पाँच वटै वडामा तालिम दिइएको हो ।
साथै गाउँपालिको पञ्चवर्षीय खानेपानी, सरसफाई तथा स्वच्छता रणनीति सम्बन्धी कार्यशाला गोष्टि पनि भएको छ । साथै गाउँपालिकामा नमुना सरसफाई घर बनाउने पनि राडो नेपालको अयोजना रहेको छ ।
विद्यालयमा पनि सहयोग
इन्द्रसरोबर गाउँपालिका ३ सिस्नेरीस्थित बतसलादेवी उच्च माविमा हात हुने स्थल निर्माण गरिएको छ । विद्यालयमा स्वच्छ खानेपानीको लागि युरो गार्ड फिल्टर जेठ महिनाभित्र जडान गरिने राडो नेपालका सामाजिक परिचालक देवकोटाले बताए । साथै राडो नेपालको समन्वयमा सिस्नेरीमा बाल क्लव र महिनावारी स्वच्छता ब्यवस्थापन क्लव गठन पनि गरिएको छ ।