मकवानपुरमा ४१ हजारले गरे स्वास्थ्य बिमा

गुगलपाटी संवाददाता हेटौंडा,२१ असार
२१ असार २०७५ ०८:३८

सरकाले गएको बर्षदेखि लागू गरेको स्वास्थ्य बिमा कार्यक्रम मकवानपुरका सर्वसाधारणहरुको पनि आर्कषण बढेको देखिएको छ ।
गएको बर्ष असार १५ बाट शुरु भएको स्वास्थ्य बीमा कार्यक्रममा ४१ हजार घर परिवार जोडिएको स्वास्थ्य बीमा बोर्डको कार्यालय मकवानपुरले जनाएको छ । हालसम्म मकवानपुरका ४१ हजार आठ घर परिवार बीमा कार्यक्रममा सहभागी भएको बोर्डका मकवानपुर प्रमुख नर बहादुर खड्काले जानकारी दिए । उनका अनुसार २१ हजार एक सय ७७ जनाले सेवा लिएका छन् भने बीमा गराउनेमा महिलाको संख्या बढी देखिएको छ ।
२१ हजार,२ सय ४१ जना महिलाहरुले सेवा लिएको पनि बोर्डले जनाएको छ । मकवानपुरमा स्वास्थ्य बीमाका लागि नै एक सय २८ जना दर्ता सहयोगी परिचालन गरिएको छ । स्वास्थ्यबीमा गराउनेहरुले पाँचजनाको परिवारसम्मले सरकारी अस्पतालबाट प्रदान गरिने रु. पचास हजारसम्मको सेवा निःशुल्क रुपमा लिने ब्यवस्था छ । मकवानपुरमा भने हेटौंडा अस्पताल र चुरेहिल अस्पतालले मात्रै सेवा प्रदान गर्ने गर्दछ ।
२ करोड बढी रकम संकलन
स्वास्थ्य बीमा कार्यक्रमबाट मकवानपुरमा २ करोड बढी राजश्व संकलन भएको छ । स्वास्थ्य बीमा बोर्ड हेटौंडका अनुसार २ करोड,२७ लाख,८८ हजार ९ सय रुपैयाँ हालसम्म राजश्व संकलन भएको छ ।एक परिवारले रु. २५ सयका दलले गरेको बीमाका आधारमा उक्त राजश्व संकलन भएको हो ।