यस हप्ताको साप्ताहिक राशिफल

गुगलपाटी संवाददाता
२४ असार २०७५ ०६:११

२०७५ साल असार २४ गतेदेखि असार ३० गतेसम्म

मेष
काममा व्यवधान र समस्याहरू पर्ने देखिन्छ। राजनीतिक र सामाजिक क्षेत्र मध्यम रहला। परिवारमा केही अप्ठ्यारा पक्षहरू रहन सक्नेछन्। शिक्षा क्षेत्र निकै राम्रो छ। स्वास्थ्यमा थोरै विचार पुऱ्याउनुपर्ला। नयाँ सवारी साधनका योगहरू बढ्नेछन्। दाम्पत्य जीवनमा केही कटुता रहला। नचाहिँदा झुटा आरोप, प्रत्यारोप बेहोर्नुपर्ने देखिन्छ। लेनदेन र खानपानमा थोरै विचार पुऱ्याउनुपर्ला। धार्मिक कार्यमा सरिक हुने साता रहेको छ।

वृष
साता मध्यम छ। स्वास्थ्यमा केही समस्या रहनेछ। कृषि क्षेत्रमा फाइदा होला। सवारी साधनमा थोरै विचार पुऱ्याउनुपर्ला। यात्रा मध्यम छ। पारिवारिक पक्षमा मध्यम योग देखिएको छ। धार्मिक कार्यमा राम्रो देखिएको छ। लेनदेनमा विचार पुऱ्याउनुहोला। खेलाडीहरूका लागि साता उत्कृष्ट रहनेछ। विद्या, बुद्धि बढ्नेछ। नयाँ कार्यमा निकै राम्रो सफलता पाउनुहुनेछ।
मिथुन
साता उत्कृष्ट रहेको छ। रोकिएको काम बन्ला। कृषि क्षेत्रमा लाभको साता रहला। व्यापार व्यवसायमा निकै राम्रो देखिन्छ। जागिरेहरूका लागि साता राम्रो छैन। राजनीतिक र सामाजिक क्षेत्रमा मान, सम्मान, इज्जत, प्रतिष्ठा बढ्नेछ। आर्थिक पक्ष सबल रहला। दाम्पत्य जीवनमा सुख, शान्ति, समृद्धि रहनेछ। स्वास्थ्यमा सुधारको योग बढ्नेछ। खेलाडीहरूका लागि साता मध्यम छ। साहित्य, सङ्गीत, कलाका सर्जकहरूका लागि साता सामान्य छ। शिक्षार्थीहरूको साता विलासितामा बित्ने देखिन्छ।

कर्कट

साता उत्कृष्ट छ। रोकिएको काम बन्नेछ। मान, सम्मान, इज्जत, प्रतिष्ठा मिल्ला। पारिवारिक र दाम्पत्य जीवनमा सुख, शान्ति, समृद्धि रहन सक्नेछ। देशविदेशबाट खुसीको खबर मिल्नेछ। बुधबारको दिन केही झुटा आरोप, प्रत्यारोप पनि लाग्न सक्नेछन्। कृषि र चौपाया क्षेत्रमा लाभको साता रहला। खेलाडीहरूका लागि साता सामान्य छ। विद्यार्थीहरूका लागि साता उत्कृष्ट रहेको छ।

सिंह

यात्रा सुखद रहला। विद्या, बुद्धि बढ्ला। आध्यात्मिक क्षेत्रमा मन जागृत हुने साता रहेको छ। आर्थिक समृद्धि, उन्नति, प्रगति निकै राम्रो रहनेछ। मनमा उत्साह र उमङ्ग बढ्नेछ। लेनदेनमा निकै विचार पुऱ्याउनुपर्नेछ। दाम्पत्य जीवनमा सुख, शान्ति, समृद्धि रहला। राजनीतिक र सामाजिक क्षेत्रमा मान, सम्मान, इज्जत, प्रतिष्ठा मिल्नेछ। पशु, चौपायामा लाभको साता छ। व्यापार व्यवसायमा मध्यम छ।

कन्या

साता निकै राम्रो छ। रोकिएको काम बन्नेछ। साथीहरूसँग भेटघाट हुने साता रहेको छ। सवारी साधनमा चोटपटकको साता रहला। पारिवारिक जीवनमा सुख, शान्ति, समृद्धि रहनेछ। देशविदेशबाट खुसीको खबर सुन्न पाउनुहुनेछ। सन्तान सुख, शान्ति प्राप्त होला। प्रेमीप्रेमिकाबीच केही तनाव र अप्ठ्यारा पक्षका योगहरू बढ्न सक्नेछन्। बिहीबार र शुक्रबार नचाहिँदा झुटा आरोप, प्रत्यारोप लाग्न सक्नेछन्। स्वास्थ्यमा थोरै विचार पुऱ्याउनुपर्नेछ।

तुला

मनमा उत्साह र उमङ्ग बढ्नेछ। दाम्पत्य जीवनमा सुख, शान्ति, समृद्धि मिल्नेछ। मातापिताबाट पारिवारिक सुख, शान्ति प्राप्त गर्नुहुनेछ। दाजुभाइ, दिदीबहिनीबीच केही अप्ठ्यारा पक्षहरू रहन सक्नेछन्। कृषि क्षेत्रमा लाभको साता रहनेछ। व्यापार व्यवसायमा मध्यम लाभ छ। धार्मिक कार्यमा सरिक हुने साता रहेको छ। आर्थिक पक्षमा लाभ मिल्नेछ। हजुरले गर्न खोज्नुभएको काममा केही अप्ठ्याराहरू रहन सक्नेछन्।

वृश्चिक

साता उत्कृष्ट छ। रोकिएको काम बन्नेछ। मान, सम्मान, इज्जत, प्रतिष्ठा मिल्नेछ। पारिवारिक सुख प्राप्त होला। खेलाडीहरूका लागि साता राम्रो छ। साहित्य, सङ्गीत क्षेत्रमा नाम, प्रतिष्ठा बढ्ने साता छ। लेनदेनमा निकै विचार पुऱ्याउनुपर्नेछ। केही झुटा आरोप र लाञ्छना लागे पनि हजुरले आफैँ त्यसलाई हटाउन सक्नुहुनेछ। कृषिमा लाभको साता छ।

धनु

उत्साह र उमङ्ग बढ्नेछ। जागिरमा राम्रो हुने देखिन्छ। यात्रा सुखद रहला। परिवारमा अप्ठ्यारा समस्या आउनेछन्। खानपानमा थोरै विचार पुऱ्याउनुपर्ला। धार्मिक कार्यमा सरिक हुने साता रहेको छ। आफन्तजनको सहयोग प्राप्त हुनेछ। कृषि क्षेत्रमा लाभको साता छ। दाम्पत्य जीवनमा सुख, शान्ति, समृद्धि प्राप्त हुन सक्नेछ। खेलमा भने मध्यम फाइदा हुने साता रहेको छ।

मकर

व्यापार व्यवसाय बढ्नेछ। दाम्पत्य जीवनमा सुख, शान्ति, समृद्धि मिल्ला। घरपरिवारबाट सुख र शान्तिको अनुभूति प्राप्त हुने योग रहेको छ। स्वास्थ्यमा निकै विचार पुऱ्याउनुपर्नेछ। दाजुभाइबीच केही अप्ठ्यारा पक्ष रहे पनि यो साता सल्टेर जानेछ। लेनदेनमा थोरै विचार पुऱ्याउनुपर्नेछ। राजनीतिक क्षेत्र सामान्य छ। वित्तीय संघसंस्थामा काम गर्नेहरूलाई मानसिक अशान्ति र पीडा हुन सक्नेछ।

कुम्भ

यात्रा राम्रो देखिएको छ। स्वास्थ्यमा क्रमिक सुधार हुने देखिन्छ। धार्मिक कार्यमा सरिक हुने साता रहला। मान, सम्मान बढ्नेछ। पारिवारिक सुख, शान्ति, समृद्धि मिल्नेछ। नयाँ कार्यको थालनी र सवारी साधनको योग छ। मनमा कौतूहल र चिन्ता रहनेछ। आफन्तजनसँग केही तनावको अवस्था रहला। केही अप्रिय घटनाहरू सुन्नुपर्ने अवस्था पनि देखिएको छ।

मीन

साता उत्कृष्ट छ। रोकिएको काम बन्नेछ। सन्तान सुख, शान्ति, समृद्धि प्राप्त होला। राजनीतिक र सामाजिक क्षेत्रबाट मान, सम्मान, इज्जत, प्रतिष्ठा प्राप्त हुनेछ। लेनदेनमा धेरै विचार पुऱ्याउनुपर्नेछ। कृषि क्षेत्रमा लाभ छ। खानपानमा विचार पुऱ्याउनुपर्नेछ। धार्मिक कार्यमा सरिक हुने साता रहेको छ। मातापिताको आशीर्वादले कार्यमा सफलता प्राप्त हुनेछ।