पदमुक्त गरिएपछि प्रधान न्यायाधीशले भेटे राष्ट्रपति

गुगलपाटी संवाददाता काठमाण्डौं
१ चैत्र २०७४ ०८:२८

पदमुक्त गरिएपछि बिवादमा परेका प्रधान न्यायाधीश गोपालप्रसाद पराजुलीले राष्ट्रपतिसमक्ष भेटवार्ता गरेका छन् । बिहीबार बिहान शीतल निवास पुगेर पराजुलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग राजिनामा दिने संकेत गरेको स्रोतले बताएको छ ।
न्यायालयमा देखिएको पछिल्लो विवाद सम्बन्धमा छलफल गरेका पराजुलीले आफुले राजिनामा दिनु अघि बुधबार न्यायपरिषदले आफुलाई पदमुक्त गरेको पत्र खारेज गर्नु पर्ने माग राखेको उच्च स्रोतको दाबी छ ।
शीतल निवासस्रोतका अनुसार राष्ट्रपतिसँगको भेटमा प्रधानन्यायाधीश पराजुलीले सर्वोच्चको विवादमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भएको छ । राष्ट्रपतिसँग छलफलपछि पराजुली शीतल निवासबाट बाहिरिएका छन् ।