वैठक भत्ता मात्रै २ करोड ७५ लाख
गुगलपाटी संवाददाता हेटौंडा३ नम्बर प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको व्यय अनुमानको विवरणमा उल्लेख भए अनुसार प्रदेश व्यवस्थापिका सचिवालयको पदाधिकारीहरुको वैठक भत्ताको लागि ८२ लाख ३० हजार रुपैयाँ छुट्टाईएको छ । उक्त भत्ताको रकम राजश्व बाँडफाँडको राजश्व तथा अनुदान स्रोतबाट निकासा हुनेछ । प्रदेश सभामुख र उपसभामुखको पारिश्रमिक र सुविधा अन्तर्गत पदाधिकारी वैठक भत्ता शिर्षकमा ३ लाख ६० हजार रुपैयाँ रकम छुट्टाइएको छ, उक्त भत्ताको रकम पनि राजश्व बाँडफाँडको राजश्व तथा अनुदान स्रोतबाट नगद निकासा हुनेछ ।
यस्तै मुख्य न्यायधिवक्ताको प्रशासनिक अन्तर्गत चालु खर्चमा कर्मचारीको वैठक भत्ता १ लाख र पदाधिकारी वैठक भत्ताको लागि २ लाख रुपैयाँ छुट्टाइएको देखिएको छ । मुख्य न्यायधिवक्ताको कार्यालयमा खर्च हुने वैठक भत्ता नेपाल सरकारको समानिकरण अनुदानको स्रोतबाट नगद अनुदान निकासा हुने व्यय अनुमान विवरणमा देखाइएको छ ।
यस्तै मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको लागि कर्मचारी वैठक भत्ताको नाममा १० लाख रुपैयाँ छुट्टाइएको छ भने पदाधिकारी वैठकको लागि ५ लाख छुट्टाइएको व्यय विवरणमा उल्लेख रहेको छ । मुख्यमन्त्री कार्यालयमा हुने वैठक भत्ता खर्चको स्रोत भने राजश्व बाँडफाँडको राजश्व तथा अनुदान स्रोतबाट नगद निकासा हुनेछ ।
आर्थिक मामिला तथा योजना मन्त्रालयको प्रशासनिक खर्च अन्र्तगत चालु खर्र्चको कर्मचारी वैठक भत्तामा १० लाख रुपैयाँ देखाइएको छ भने आर्थिक मामिला मन्त्रालयमा पदाधिकारी वैठक भत्ता ३ लाख रुपैयाँ छुट्टाइएको छ । आर्थिक मामिला मन्त्रालयको वैठक भत्ता खर्चको स्रोत नेपाल सरकारको समानिकरण अनुदानको स्रोतबाट नगद अनुदान निकासा हुने व्यय अनुमान विवरणमा देखाइएको छ । प्रदेश लेखा नियन्त्रकको कार्यालयको कर्मचारीहरुको वैठक भत्ता शिर्षकमा लागि आर्थिक वर्ष २०७५÷०७६ को लागि ९० हजार रुपैयाँ छुट्टाएको छ । प्रदेश लेखा नियन्त्रकको कर्मचारीहरुको वैठक भत्ताको खर्चको स्रोत पनि नेपाल सरकारको समानिकरण अनुदानको स्रोतबाट नगद अनुदान निकासा हुनेछ ।
त्यसैगरी आन्तरिक मामिला तथा कानुन मन्त्रालयको प्रशासनिक खर्चमा चालु खर्च अन्तर्गत कर्मचारी वैठक भत्ता १२ लाख र पदाधिकारी वैठक भत्ता ३ लाख रुपैयाँ रहेको छ । उक्त वैठक भत्ता खर्चको स्रोत राजश्व बाँडफाँडको राजश्व तथा अनुदान स्रोतबाट नगद निकासा हुनेछ । यस्तै उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको प्रशासनिक खर्च अन्र्तगत पदाधिकारी वैठक भत्ता ३ लाख रुपैयाँ राखिएको छ भने कर्मचारी वैठक भत्ता व्यय अनुमानको विवरणमा देखाइएको छैन ।
मन्त्रालयको पदाधिकारीहरुको वैठक भत्ताको खर्च स्रोत पनि राजश्व बाँडफाँडको राजश्व तथा अनुदान स्रोतबाट नगद निकासा हुने व्यय अनुमान विवरणमा देखाइएको छ । यस्तै भौतिक पुर्वाधार विकास मन्त्रालयको प्रशासनिक खर्च अन्तर्गतको ५ लाख ४० हजार रुपैयाँ र पदाधिकारी वैठक भत्ता ३ लाख रुपैयाँ छुट्टाईएको हो । उक्त खर्च पनि राजश्व बाँडफाँडको राजश्व तथा अनुदान स्रोतबाट नगद निकासा रहेको छ ।
सामाजिक विकास मन्त्रालयको प्रशासनिक खर्चमा कर्मचारी वैठक भत्ता १२ लाख पदाधिकारी वैठक भत्ता ३ लाख भत्ता छुट्टाइएको ३ नम्बर प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको व्यय विवरणमा देखाइएको छ । राजश्व बाँडफाँडको राजश्व तथा अनुदान स्रोतबाट नगद निकासा हुने देखाइएको हो । सम्मृद्ध समाज दैनिकबाट