सुमो काउन्टर हटाउन उपमहानगरपालिकाको उर्दी
गुगलपाटी संवाददाता हेटौंडा,१ साउनट्राफिक ब्यवस्थापनमा समस्या भएको भन्दै हेटौँडा उपमहानगरपालिकाले हेटौँडाको बजार क्षेत्रमा रहेको सुमो काउण्टरलाई हटाउने भएको छ ।
खासगरी मुख्य बजार क्षेत्रमा काउण्टरहरु रहदा ट्राफिक समस्या हुने, बजार क्षेत्र अब्यवस्थित देखिने भन्दै श्रावण १५ भित्रमा सुमो काउण्टर हटाउने तयारीमा उपमहानगरपालिका जुटेको हो । हेटौँडा उपमहानगरपालिकाले हेटौँडा वडा नंबर १ चौकिटोलमा रहेको रोप वेको जग्गामा सुमो काउण्टरको लागि ब्यवस्थापन गरेको जानकारी दिँदै श्रावण १५ सम्ममा सबै ब्यवसायीहरुलाई उक्त स्थानमा काउण्टर सार्नको लागि भनेको हो ।
एपमहानगरपालिकाले जारी गरेको सूचनामा ब्यक्तिको घरमा रहेको काउण्टरलाई १ महिनाभित्र तथा बसपार्कमा रहेको उपमहानगरको भवनमा रहेको काउण्टरलाई १५ दिन भित्र हटाईसक्नको लागि सूचित गरेको छ । यस अघि पनि उपमहानगरपालिकाले सुमो काउण्टर ब्यवस्थापनको लागि पहल गरेको भएपनि लागु हुन सकेको थिएन ।