लायन्स क्लब इन्टेलेक्चुअलको जिम्मेवारी हस्तान्तरण

गुगलपाटी संवाददाता हेटौंडा,६ साउन
६ श्रावण २०७५ १२:३२

लायन्स क्लब अफ हेटौंडा इन्टेलेक्चुअलको वर्ष २०१८/१९ का लागि निर्वाचित समितिलाई जिम्मेवारी हस्तान्तरण गरिएको छ । मुकुन्दप्रसाद अधिकारीको अध्यक्षतामा निर्वाचित समितिलाई वर्ष २०१७/१८ का अध्यक्ष गणेशकुमार श्रेष्ठले जिम्मेवारी हस्तान्तरण गर्नुभएको हो ।

नवनिर्वाचित अध्यक्ष अधिकारीलाई अध्यक्ष पीन लगाइदिएर श्रेष्ठले पद हस्तान्तरण गरेका थिए । लायन्स क्लबका डिष्ट्रिक्ट ३२५ बी २ नेपालका डिष्ट्रिक्ट प्रमुख सुकृतराज पराजुलीको प्रमुख आतिथ्य तथा प्रदेश सांसद मुनु सिग्देलको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा वर्ष २०१७/१८ का अध्यक्ष श्रेष्ठले कार्यकालको समीक्षा गर्दै अतिथि, निवर्तमान कार्यसमिति र सहयोगीहरुलाई मायाँको चिनोको रुपमा पुस्तकहरु प्रदान गर्नुभएको थियो । आँखाको नानीदान र अन्य सचेतना कार्यक्रमहरु श्रेष्ठकै नेतृत्वमा प्रभावकारी रुपमा सञ्चालन गरिएको भन्दै कार्यक्रमका अतिथिहरुले प्रसंशा गरेका थिए ।

कार्यक्रममा लायन्स क्लबका एम्बेसडर अफ गभर्नर विष्णुगोपाल महर्जन, रिजन चेयरपर्सनद्वय डा. बलराम भट्ट र टासी डोल्मा तुम्बाहाङ्फे, क्लबका संस्थापक अध्यक्ष एवम् जोन चेयरपर्सन बीके महर्जन, जोन चेयरपर्सन अंकिता सुमार्गी, लायन्स क्लब अफ हेटौंडाका अध्यक्ष सुदर्शन अधिकारी, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य एवम् प्रदेश ३ का अध्यक्ष अरुणराज सुमार्गी लगायतको आतिथ्यता रहेको थियो ।