अभियुक्तलाई पिलाए गृहमंत्रीले जुस
गुगलपाटी संवाददाताकाठमाडाैं / ८ दिनदेखि अनशनरत रेशम चौधरीले शुक्रबार अनशन तोडेका छन् । वीर अस्पतालमा गृहमन्त्री रामबहादुर थापा बादलले चौधरीलाई जुस पिलाएर अनशन तोडाएका हुन् ।
१ बालक र ८ सुरक्षाकर्मीकाे निर्मम हत्या भएकाे टीकापुर घटनाका मुख्य अभियुक्त चौधरी विभिन्न माग राखी अनशनमा थिए । कैलाली जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएसँगै उनले अनशन सुरू गरेका थिए ।
कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित चाैधरीलार्इ अनशन ताेडाउने क्रममा गृहमन्त्री बादलले मुद्दा फिर्ता र अदालती प्रक्रियाबाहेक अन्य मागहरु पूरा गर्ने प्रतिवद्धता जनाए ।
अनशन तोडेपछि चौधरीले टीकापुर घटनामा आफ्नो संलग्नता नरहेको र आफू निर्दोष रहेको दावी गरेका छन् । टीकापुर घटनाको दिन आफू बर्दियामा रहेको भन्दै उनले आफू निर्दोष रहेको बताउँदै आफ्नो कल डिटेल हेर्न आग्रह गरेका छन् ।
चौधरीले आफूलाई निर्वाचित भएको प्रमाणपत्र दिनुपर्ने, सपथ खान पाउनुपर्ने, टीकापुर घटनाका २६ जना आरोपीलाई क्षतिपूर्तिसहित रिहा गर्नुपर्नेलगायतका माग राखेर अनशन बसेका थिए ।