हेटौंडाको बानियाँ निर्माण कम्पनी बिरुद्ध जागे पर्साको ठोरीवासी

कृष्णउदास खनाल
८ श्रावण २०७५ १२:४२

पर्साको वीरगन्ज–ठोरी हुलाकी सडक अन्तर्गत ठोरी गाउँपालिकाको चमरीहोलदेखि चौतारासम्मको ३० किलोमिटर सडकखण्डको काम अवरुद्ध भएको छ ।

ठोरी गाउँपालिकाका बासिन्दाले सडक निर्माणको जिम्मेवारी पाएको कालिका र बानियाँ सेवा कम्पनीले गुणस्तरहीन काम गरेको भन्दै दबाब समूह गठन गरी विरोध गरेपछि सडकको काम अवरुद्ध भएको हो । बानियाँ सेवा कम्पनीले चमरीहोलदेखि आठघरेसम्मको झन्डै १० किलोमिटर सडक फराकिलो पारी माटो भर्ने काम सकेर ग्राभेल हाल्ने कामको सुरुआत गरेको थियो । माटो कम भरेको, ग्राभेलको नाममा लेसाइलो माटो, बालुवा तथा ठूलाठूला ढुङ्गा प्रयोग गरिएको, निर्माण भइरहेका कल्भर्ट प्रयोगमा नआउँदै चर्किसकेको भन्दै स्थानीयहरू बानियाँ सेवा कम्पनीको विरोधमा उत्रिएका हुन् । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको हुलाकी सडकको काममा बानियाँ सेवा कम्पनीले चरम लापर्बाही गरेकोले सामान्य वर्षा हुँदासमेत सवारी साधन अहिले सञ्चालनमा आउन नसकेका कारण आपूmहरू बाध्य भएर विरोधमा उत्रिएको दबाब समूहका संयोजक जयराम श्रेष्ठले बताए ।

विकासका लागि निकास चाहिने देखेर स्थानीयले मुआवजा पछि लिने गरी ठेकेदार कम्पनीलाई काम गर्न दिंदा समेत गुणस्तरीय काम नगरेकाले त्यसको विरोध गर्नुको विकल्प नभएको उनले तर्क छ । ठेकेदार कम्पनीलाई सडकको गुणस्तरीयताबारे पटकपटक सुझाव दिंदा समेत कुनै सुनुवाइ नगरेको उनले गुनासो गरे ।सडकमा गाडी गुड्दा चिप्लिएर दुर्घटना हुने सम्भावना देखिएपछि सवारी साधन चलाउन नसक्ने वीरगन्ज–ठोरी सडकखण्डमा यात्रुरुवाहक बस चलाउँदै आएका चालकहरू बताउँछन् ।ठोरीवासीले बानिया कम्पन्ीको बदमासीका कारण पनि आफुहरु प्रत्यक्ष मारमा परेको बताएका छन् । उनीहरुले बानियाँ सेवा कम्पनीलाई कारवाहीको समेत माग गरेका छन् ।

बाटोको बीचबीचमा कल्भर्ट बनाउनका लागि खनिएको खाल्डो र डाइभर्सनले दुर्घटनाको खतरा बढिरहेको श्रेष्ठले बताए । स्थानीयले वर्षायामअघि नै सडक ग्राभेल भइसक्ने आशाका साथ बिना मुअब्जा सडक बनाउन जमीन उपलब्ध गराएका थिए ।