सिद्धार्थ माविमा अक्षय कोषको स्थापना गरिने
गुगलपाटी संवाददाता हेटौंडा,११ साउन
हेटौंडा २, सिद्धार्थपथमा अवस्थित सिद्धार्थ माध्यमिक विद्यालयको नाममा माविका पुर्व प्रधानाध्यापक गोकुल लाल श्रेष्ठको तर्फ बाट २ लाख रुपैयाँको अक्षयकोष खोलिने भएको छ। बिद्यालयलाई थप उन्नति प्रगतिको बाटो तर्फ डोर्याउने उद्देश्यले अक्षयकोष संचालन गर्न लागिएको हो।
गुरु पुर्णिमाको अवसरमा माविका जोड दुईमा अध्यनरत् बिद्यार्थीद्वारा आयोजित शुक्रबार भएको एक कार्यक्रम बिच आफ्नो शुभकामना मन्तव्य ब्यक्त गर्ने क्रममा अबको प्रत्येक बर्ष उक्त कोष बाट प्राप्त ब्याजको रकमले ५० हजार रुपैयाँ बराबरको बिद्यालयमा अध्यापन गर्ने उत्कष्ट एकजना शिक्षकरशिक्षिकालाई प्रोत्साहन स्वरुप पुरस्कार प्रदान गरिने श्रेष्ठले बताए।
कोषको आएको ब्याजबाट पुरस्कारका लागि अपुग रकम बिद्यालयले थप गरिने मन्तब्यका क्रमामा बिद्यालयका बर्तमन प्रधानाध्यापक मोहन प्रसाद शर्माले भने। उनका अनुसार उक्त सम्मानले आफुहरुलाई हौसला मात्र नभएर आफुहरु बिद्यार्थीले अपेक्षा गरे जस्तो बन्न सकेँ या सकिन र अझै बिद्यालयको विभिन्न कमजोरी पक्ष सुधार गर्न जिम्मेवारी सँगै चुनौती पनि थप बएर अगाडि बढ्न गम्भीर बनाएको बताए । उनले कार्यक्रम मार्फत शुक्रबार देखि नै २१ महिना सम्ममा सम्पन्न हुनेगरि २८ कोठाको नयाँ भवन निर्माण कार्य सुरु हुन लागेको जानकारी दिए । साथमा गुरुलाई स्मरण गर्दै आमाबुवा र गुरुलाई सम्मान गरे जुनसुकै ब्यक्ती पनि सफल भईने उनले आफ्नो अभिव्यक्ति राखे। साथमा उनले पुर्व प्रअ श्रेष्ठले बिद्यालयप्रति गरेको योगदानको निमित्त कृतज्ञता ब्यक्त गरे ।
कार्यक्रममा जोड दुईका विद्यार्थीले सम्पुर्ण गुरुलाई फुल माला र टीका सहित सम्मान गरेका थिए। राष्ट्रिय गान गाएर कार्यक्रमको उत्घाटन गरे लगत्तै जोड दिईका बिद्यार्थी प्रकाश वाईबाले स्वागत मन्तब्य व्यक्त दिए। स्वागत मन्तव्य पश्चात् माविका सहायक प्रधानाध्यापक सागर खतिवडाले आफ्नो मीठो कबिता मार्फत जिबनमा गुरुको महत्त्व बारे दर्साउनु भएको थियो । त्यसै गरि विद्यार्थीको तर्फ बाट सुस्मिता पुडासैनीले आफ्नो छोटो मिठो शुभकाना सन्देश र गुरु प्रती आभार ब्यक्त गर्दै ओझेल परिन। त्यस्तै कार्यक्रममा प्रमिला घलेले पनि गुरु भनेको आमाबुवा र ईश्वर सम्मान हुन भन्ने भावको कविता प्रस्तुत गरिन ।
कार्यक्रममा बिब्यसका अध्यक्ष गुणराज घिमिरे, बिब्यस सदस्य, बिद्यालयको पुर्व प्रअ गोकुल लाल श्रेष्ठ, बिद्यालयका सम्पुर्ण शिक्षकरशिक्षिका लगायत सम्पुर्ण बिद्यार्थिको उपस्थिति रहेको थियो।
बिद्यालयका भुपु विद्यार्थी अमृत चिमरिया कार्यक्रम संचालन रहेका थिए।