देउवाले रेणु दाहाललाई सुटुक्क भेटेपछि……

गुगलपाटी संवाददाता
१३ श्रावण २०७५ ०३:३६

केन्द्रीय राजनीतिमा सत्ता पक्ष नेपाल कम्युनिष्ट पार्टी(नेकपा) र प्रतिपक्षी काँग्रेसबीच चर्काचर्की भइरहेका बेला पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालसँग सुटुक्क भेटेका छन् । देउवाले नै रेणुलाई फोन गरेर भेट्न बोलाएका थिए ।
भरतपुरको होटल ग्लोबलमा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाललाई भेट गरि देउवाले भरतपुरको विकास निर्माण बारेमा चासो लिएका छन् ।

मध्य नेपालको विच भागमा पर्ने भरतपुरमा नमुना महानगर बनाउन सुझाव दिएका थिए । स्थानियस्तर सहमति छलफल गरेर विकासका काम गर्नुहोस् पूर्व प्रधानमन्त्री देउवाले भने, जनहितका काममा काग्रेसको साथ हुनेछ ।
साथै उनले भरतपुरका बिकास निर्माणका सबै कार्यक्रमलाई सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।
सो अवसरमा मेयर रेनु दाहालले भरतपुर महानगर भित्र निर्माण हुन लागेको सभा हल, अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला, महानगरीय रिगं रोड, लिकं रोडहरू लगायत विकास निर्माणका बारेमा गहन छलफलसगैँ विविध विषयमा जानकारी गराएकी थिईन् ।
भेटघाटपछि मेयर रेनुले भनिन् पूर्व प्रधानमन्त्री देउवा आएर विकासका बारेमा चासो लिदाँ थप हौसला प्रदान भएको छ । जनहितका लागि अवरोध गर्ने कामलाई प्रतिबन्ध गर्नेछु । रेणु दाहाललाई भरतपुरको मेयरमा निर्वाचित गराउन भएको दोस्रो पटकको निर्वाचनमा देउवा आफै भरतपुर पुगेर मत मागेका थिए ।