इण्डोनेशियामा शक्तिशाली भुकम्प

गुगलपाटी संवाददाता इण्डोनेशिया
१३ श्रावण २०७५ ०५:३४

इण्डोनेशियामा भूकम्पमा परी १० जनाको ज्यान गएको छ ।  पर्यटकीय क्षेत्र लोमबोकमा ६.४ रेक्टर स्केलको भूकम्प गएको बिबिसीले जनाएको छ ।

इन्डोनेसियाको मटरम शहरबाट करिब ४० किलोमिटर उत्तरपूर्वमा रहेको लम्बोक टापुमा स्थानीय समय अनुसार बिहान ६ बजेर ४७ मिनेटमा भूकम्प गएको थियो ।

भूकम्पका कारण कयौँ भवमा समेत क्षति पुगेको त्यहाँका अधिकारीले बताएका छन् । उनीहरुले केयौँ भवनमा क्षति पुगेको तर यकिन जानकारी आइनसकेको बताएका छन् ।सन् २०१६ को डिसेम्बरमा गएको भूकम्पमा परी इण्डोनेसियामा १ सय जनाको ज्यान गएको थियो भने ४० हजार भन्दा बढी मानिस विस्थापित भएका थिए  ।