युवा ब्यवसायी लामाद्वारा हेटौँडा फुटबल एकेडेमीलाई खेल सामग्री हस्तान्तरण
गुगलपाटी संवाददाता हेटौँडा,१३ साउनहेटौँडामा फुटबल क्षेत्रमा उल्लेख्य काम गर्दै आएको हेटौँडा फुटबल एकेडेमीलाई युवा ब्यवसायी प्रकाश लामाले खेल सामग्री हस्तान्तरण गरेका छन् ।
आज हेटौँडामा एकेडेमीका कोच भिम लामालाई ब्यवसायी प्रकाश लामाले चार थान फुटबल सहित ३० थान मार्कर तथा ३० थान कोन हस्तान्तरण गरेका हुन् ।
हेटौँडामा फुटवल विकासको लागि एकल पहलमानै ५० जना भन्दा धेरै विद्यार्थी रहेको एकेडेमी सञ्चालन गरेको भन्दै उनले आफुले फुटबल विकासको लागि केहि सहयोग गरेको बताए ।
मकवानपुर जिल्लाबाट यसअघिपनि धेरै खेलाडीहरु राष्ट्रिय टिममा परेको, हाल पनि धेरै खेलाडीहरु राष्ट्रि टिममा रहेको अवस्थामा यस्था प्रकारका एकेडेमीहरुलाई राज्यले पनि सहयोग गर्नुपर्ने उनको भनाई रहेको छ । यहाका ब्यवसायीहरुले पनि एकेडेमीलाई सहयोग गर्नको लागि उनले आग्रह गरेका छन् ।
खेलकुद सामग्री लिएपछि बोल्दै कोच लामाले आफुलाई युवा ब्यवसायी लामाको सहयोगल थप हौसला मिलेको बताए । एकेडेमीलाई ब्यवसायीक बनाउनको लागि आफुहरु लागिपरेको भन्दै मकवानपुरको फुटबल विकासको लागि, खेलाडी उत्पादनको लागि लागि पर्ने बताए ।