बाघले बाख्रा मार्न थालेपछि स्थानीय त्रसित
जयराम मोक्तान मनहरी,१४ साउनमकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ६ डिपाडमा पाटेबाघले ३ वटा बाख्रा मारेको छ । मनहरि ६ डिपाड निबासी कुलमान डिम्डुङको जंगलमा चराउने क्रममा आइतबार दिउसो बाख्रालाई आक्रमण गरि मारेको हो । त्यसै डिपाडकै तोरेङ तामाङको २ वटा बाख्रालाइ केही अगाडी बाघले आफ्नो सिकार बनाएको थियो । बाघले डिम्डुको एउटा बाख्र मारिनुका साथै एउटा बाखालाई बेपक्त बनाएको जानकारि दिए । बाघको आक्रमणबाट हराई रहेका बाख्रा अहिले सम्म फेला नपरेको भन्दै डिम्डुले आक्रमण स्थानमा रगतको दाग भेटीएको र बाख्राको लास भने फेला नपरेको बताए ।
घाँस तथा दाउरा काट्न लगाी केही दिन अगाडी डिपाड सामुदायिक बन क्षेत्रमा पस्दा २ वटा पाटे देखीएको र मान्छेलाई समेत आक्रमण गर्न खोजेको मनहरि ६ नयाँ बस्तीका तोकमान स्याङतनले बताए । मानवीय क्षती नहुनका लागी जंगल पस्दा सर्तकता अपनाउन तथा सकेसम्म जंगल नर्छीनका लगाी डिपाड सामुदायिक वनका अध्यक्ष दिपक मोक्तानले सम्पुर्ण उपभोक्तमा आग्रह गरिएको छ । केही महिना अगाडी मनहरि ७ रमौलीमा पाटे बाघको आक्रमणबाट एक महिला तथा मनहरि ९ ज्यामिरेमा २ वटा बाख्रा मारिएको थियो ।