धन्न बच्यो यतिएयरलाइन्स
गुगलपाटी संवाददाताकाठमाडौं । यती एयरलाइन्सको जहाज दुर्घटनाबाट जोगिएको छ । काठमाडौंबाट ४:४० मा भैरहवाको लागि उडेको जहाज ५:११ मा गौतम बुद्ध विमानस्थल भैरहवामा अवतरण गर्ने क्रममा अगाडिको पाँग्रा ‘लक’ भएको थियो ।धावनमार्गमा कुदिरहँदा पांग्रा लक भएपछि अन्य वायुसेवा कम्पनीका उडान समेत प्रभावित भएका थिए। जहाजमा २६ यात्रु रहेको र सबै यात्रु सकुसल रहेका छन् ।
यतीको जहाज धावनमार्गमा अड्किएपछि अवतरणको लागि आइरहेको वुद्ध एयरको जहाज ३५ मिनेट आकासमै होल्ड भएको थियो ।त्यति समयमा पनि जहाज धावनमार्गबाट हटाउन नसकिएपछि वुद्धको जहाज काठमाडौं फर्किएको छ । भैरहवा जाने तयारीमा रहेको श्री एयरलाइन्सको जहाज काठमाडौं बाटै नै नउडेको बताइएको छ ।त्रिभुवन विमानस्थलका प्रवक्ता प्रेम ठाकुरले धवनमार्गमा टर्न गर्दा पांग्र लक भएको बताए ।