वन जोगाउन बृक्षारोपण अति आवश्यक

जयराम मोक्तान मनहरी,१७ साउन
१७ श्रावण २०७५ १४:२०

वन तथ वातावरण जोगाउनका लागी बृक्षरोपण अपरिहार्य रहेको राक्सीराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताएका छन । स्वच्छ वातावरणका लागी हरित बोटबिरुवाको आवश्यक रहेको भन्दै गाउपालिका अध्यक्ष मल्लले स्वच्छा बाताबरणका लागी बृक्षरोपनको बिकल्प नरहेको बताए । हिमाली देबीटार टोल बिकास सस्था राक्सीराङ ८ ले आयोजना गरेको बृक्षरोपन कार्यक्रममा बोल्दै अध्यक्ष मल्लले यस्तो बताएको हो ।

खेती पाति नहुने , भिरपाखा तथा खाली रहेको जग्गाहरुलाई सदुपयोग गरि बृक्षरोपन गर्न स्थानियहरुलाई आग्रह गरे । राक्सीराङ ८ देबीटारमा रहेको खाली तथा जग्गा ,बाटो वरिपरि र भिरालो स्थानमा इलाका वन कार्यलय मनहरिले उपलब्ध गराएको बिभीन्न जातका बिरुवाहरुलाई रोपीएको हो । उक्त स्थानमा चिउरी , मसला , सतिसाल , असोक, सिमल बाँस लगाएतका जातका ४ सय ६० थान बिरुवा रोपिएको सामाजिक अभियन्ता राजन प्रजाले जानकारी दिए । बृक्ष रोपन कार्यक्रममा राक्सीराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल , उपाध्यक्ष निमर्ला हिम्डुङ , हिमाली देबीटार टोल बिकास सस्थाका अध्यक्ष राजकुमार स्याङतान , वडा नम्बर ८ का अध्यक्ष रामकृष्ण प्रजा , ९ का अध्यक्ष रामकुमार थिङ लगाएतकाको उपस्थीती रहेको थियो ।