हेटौंडाका मेयर भन्छन्, ‘२५ मिटर’ को विषय टुङ्गो लगाउन सरकारलाई दवाब दिइरहेका छौं

गुगलपाटी संवाददाता
१९ श्रावण २०७५ ०७:२८

हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महत दुई कार्यकाल हेटौंडा नगरपलिकाका उमेयर पनि भइसकेका छन् । ग्रेटर हेटौंडाको नेतृत्व गरिरहेका महतसँग हेटौंडाको विकासका स्पष्ट खाकासँगै कार्ययोजना पनि छ । पाँच वर्षभित्र नयाँपन दिने लक्ष्यका साथ काम गरिरहेका मेयर महतसँग कृष्ण सारु मगरले गरेको कुराकानीको सम्पादित अंश :

तपाई हेटौंडा उपमहानगरपालिकाको मेयर भएको पनि एक वर्ष बित्यो । यो एक वर्ष बुझ्दा बुझ्दै बित्यो की ? कस्तो रह्यो अनुभव ?
–यो एक वर्षको दौरानमा हेर्दा १५/१६ वर्षसम्म कर्मचारीले चलाएको स्थानीय सरकारलाई ट्रयाकमा ल्याउन नै समय लाग्यो । हामी एक्कासी निर्वाचित भएर आएपछि कर्मचारी र जनप्रतिनिधिबीच सहजता ल्याउन समय लाग्यो । जनताको प्रतिनिधि आएपछि अलि फरक ढंगले लैजानुप¥यो अनुभवन साटासाटमा पनि समय गयो । जनताका अनगिन्ती अपेक्षाकाबीच हामी आएकाले उपमहागरपालिकालाई एउटा गतिमा हिडाउँन अलि समय लाग्यो । केही महिना अप्ठ्यारो भएपनि अहिले सबै ट्रयाकमा आइसको छ । कर्मचारी र जनप्रतिनिधिहरुलाई साथमा लिएर जनताको सेवामा लागिरहेको छु ।

हेटौंडाको विकासको लागि अहिले भईरहेका कामहरु के के छन् ?
–जुनसुकै शहरमा पनि फराकिलो सडक, हराभरा र सफा शहरको कल्पना गरिएको हुन्छ । राष्ट्रिय राजमार्ग हामीले छुन मिलेन । त्यो बाहेक अन्य सबै शाखा रोडहरुलाई पिच र स्ल्याप गर्ने काम र सडक बिस्तार गर्ने काम भईरहेको छ । हेटौंडालाई हरित नगरीसँगै फूलै फूलको शरह बनाउने पनि हाम्रो लक्ष्य छ । फलफूलको बिरुवाहरु पनि धमाधम रोप्ने काम भईरहेको छ । धेरै क्षेत्रमा बिरुवा हुर्किपनि सकेको छ । स्थानीयहले संरक्षण गरेर राखेका छन् । १९ वटै वडामा सडक बिस्तार, ढल र पेटी निर्माणसँगै पेटीमा मान्छे हिँड्नलाई अबरोध नहुने गरी बृक्षारोपण र फूलका बिरुवाहरु रोप्ने काम भईरहेको छ ।
हेटौंडा भन्ने बित्तिकै साबिकको ११ वडालाई मात्र हेरेर हुँदैन । नगरभित्र बसेर पनि खानेपानी शिक्षा लगायतका आधारभुत सुविधाबाट टाढा रहेका जनता पनि छन् । उनीहरुलाई आधारभुत सुविधाको नजिक ल्याउने पहिलो प्राथमिकता हो । साथै कार्यालयमा आउने कुनै पनि सेवाग्राहीले तुरुन्तै सेवा पाउने र कुनै पनि झण्झट ब्यहोर्न नपर्ने गरी काम गरिरहेका छौं । नियम र प्रक्रियाले पुगेको काम तुरुन्तै हुनुपर्छ । यदी अनावश्यक दुःख दिने काम भयो भने म यस्तो मामलामा कम्प्रोमाईज गर्दिन ।

अब हेटौंडा हरित नगरीसँगै फूलहरुको पनि शरह बन्छ त ?
–पक्कै पनि १९ वटै वडामा अभियानको रुपमा सञ्चालन गरिरहेका छौं । म उपमयेर र हाल प्रदेश तीनका मुख्य मन्त्री डोरमणी सर मेयर हुँदा देखि नै ग्रिन सिटीको अवधारणामा काम गरिरहेका छौं । साविकको ११ वटा मात्र नभई १९ वटै वडालाई ग्रिन सिटी बनाउने र फूलहरु रोप्ने कामलाई हामीले प्राथमिकता दिएका छौं । वडा अध्यक्ष लगायत कर्मचारी सबै अभियानमा जुटेका छन् । स्थानीयहरुले पनि राम्रो साथ दिनुभएको छ ।
पाँच वर्षभित्र गरिने कामहरु के के छन् ? योजना के छन् ?
–पञ्च वर्षीय योजना बनाएर नै हामीले काम गरिरहेका छौं । स्वच्छ खानेपानी प्रत्येक नगरबासीलाई खुवाउनु हाम्रो कर्तब्य हो । यसलाई प्राथमिकता दिएका छौं । फराकिलो र सफा सडकको कुरा मैले भनिसके । स्वाथ्य क्षेत्रमा सुधार र हेटौंडा बसपार्कलाई ब्यवस्थित गर्ने काम भईरहेको छ । पूर्व पश्चिम राजमार्गको केन्द्रमा रहेको हेटौंडा बसपाकको ब्यापक सुधारको काम गर्दैछौं । त्यहाँ बस टर्मिनल सहित ठूलो ब्यवासीक भवन भवजनको लागि टिओआर बनाएर अब डिपिआरमा जाँदैछौ । जहाँबाट हेटौंडाको दृश्यावलोकन समेत गर्न सक्ने बनाउँदैछौं ।
अरु अध्यनकै क्रममा छ । हेटौंडामा मोनो रेल र केवलकारको पनि सम्भाब्यता हेर्दैछौं । मनकामना डाँडा र भैरव डाँडामा केवलकार सञ्चालनको सम्भाब्यता अध्ययन गरिरहेका छौं । भने कर्रा खोलालाई कोरिडोरको रुपमा विकास गरी कुनै पनि सवारी साधन नचलाउने साईक्लिङ, वाकिङको लागि उपयुक्त स्थानको रुपमा विकास गर्ने काम हुँदैछ । अर्को कुरा बसपार्कमा रहेका केही केही अब्यवस्थित घरहरुलाई ब्यवस्थित पनि गरिँदैछ ।
योजना बनाउने बित्तिकै काम हुँदैन । विकासका चुनौतीहरु के के छन् ?
–सबै क्षेत्रबाट उत्साहजनक सहयोग भईरहेको छ । सञ्चारमाध्यमले पनि उत्तिकै सहयोग गरेको छ । मुख्य चुनौती समस्या भनेकै पैसाको हो । हामीसँग पर्याप्त पैसा नहुँदा योजना अनुसारको काम गर्न सकिरहेका छैनौं । हेर्दा बजेट अर्बमा देखिन्छ तर सानौ अंश बाहेक अरु तलव भत्ताको बजेट हो ।
म अलि स्पिडमा विकासको काम गर्न खोज्छु । तर हाम्रो स्पिड अनुसारको बजेट छैन । चालु आर्थिक वर्षमा एक अर्ब ६३ करोडको बजेट पासा ग¥यौं । त्यसमा जम्मा करिब ३७ करोड मात्र विकास बजेट । अरु सबै तलव सुविधा र ससर्तको पैसा छ । यदी पर्याप्त पैसा हुने हो भने हेटौंडामा थुपै्र विकासका कामहरु गर्न सकिन्छ । यद्यपी सिमित स्रोत साधनका बीच पनि धेरै काम गरिरहेका छौं । जनताले देख्ने र जनतासँग जोडिने बाहेकका धेरै शिर्षकहरुमा बजेट कटौती गरेर विकासको कामलाई प्राथमिकता दिएका छौं ।
चालु आर्थिक वर्षमा आन्तरिक स्रोतबाट २० करोड बढि कर उठाउने लक्ष्य राखिएको छ । कर बढेको छ, जनताले साथ त दिएका छन् ?
–हामीले जनतालाई भार पर्नेगरी कर बढाएका छैनौं । गत सालमा पनि २० करोड लक्ष्य राखेका थियौं । १८ करोड उठ्यो । यस वर्ष पनि बढिमा २५ करोड राजश्वज उठ्ने अनुमान गरेका छौं ।
हामीले करको दायरा बढाएका हौं । नयाँ भनेको गिटी बालुवा र ठूला उद्योगहरुमा केही कर बढेको छ । यो वर्ष २५ करोड बढि नै कर उठाउँछौं ।

तपाईले कर नबढाएको भनेपनि वडा कार्यालयहरुबाट सामान्य सिफारिस लिँदा पनि चर्को शुल्क तिर्नुपरेको जनताको गुनासो छ ।
–मैले अघि नै भनिसकेँ, कर बढेको छैन । करको दायरा बढेको हो । यकाद कुरामा बढेको हुनसक्छ । जस्तोकी घरबाहल बढेको छ, केही सिफारिसमा पनि बढेको छ । ठूला उद्योगहरुलाई बढाएको चै हो । जनताले गुनासो गर्ने तिर्नै नसक्ने कर बढाएको छैन । त्यस्ता गुनासाहरु आएमा हामी अझ पुर्नबिचार गर्न तयारै छौं ।

स्थानीयतलाई अधिकार सम्पन्न बनाइएको छ । धेरै जिल्ला तहका सरकारी कार्यालयहरु खारेज भएर स्थानीय तहमा गाभिएको छ । सबै क्षेत्रलाई समेटेर काम गर्न कत्तिको चुनौती छ ?
–चुनौतीसँगै अवसर पनि छ । पदीय दायित्व निर्वाह गर्ने क्रममा आएका चुनौती सहजै सामना गनुपर्छ । हामी मातहत आएका सबै निकायलाई हेर्नेगरी जनप्रतिनिधिहरुलाई जिम्मेवारी दिएका छौं । कुनै काम गर्नुपरेमा बिभागीय प्रमुखसँग बसेर मात्र निर्णय गर्छौ । धेरै निकायको काम हेर्नुपर्दा कहीँ कती ध्यान नपुेको पनि हुनसक्छ । केही चुनौतीहरु भएपनि यसलाई सहज ढंगले ग्रहण गर्नुपर्छ ।

स्थानीय तहले थुप्रै ऐनहरु बनाएर लागू गर्नुपर्ने हुन्छ । कतिवटा ऐनहरु बनेर कार्यान्वय भए अहिलेसम्म ?
–हामीले २० वटा ऐन बनाइसको छौं भने १४ वटा नियमावली बनाएका छौं । त्यसभित्र आर्थिक ऐन, शिक्षा ऐन लगायत रहेका छन् । बाँकी पनि हामी छिट्टै सम्पन्न गर्छौ । ऐन नियमकै कारण कुनै काम रोकिनुपर्ने अवस्था आउन दिँदैनौं ।

हेटौंडा तीन नम्बर प्रदेशको राजधानी भएसँगै सवारीको चाप थप बढेको छ । त्यसको ब्यवस्थापन प्रभावकारी हुन सकेको छैन नी ?
– पक्कै पनि सवारी चाप बढेको छ । काठमाण्डौंकै रुप लिन थालिसक्यो हेटौंडाले पनि । राष्ट्रिय राजमार्गमा प्रशासन र प्रहरीले सवारी ब्यवस्थापनको काम गरिरहेको छ, हामीले सहयोग गरिरहेका छौं । केही दिनमा नै यो काम सकिन्छ ।
बाँकी शाखा रोडहरुमा मेन रोडमा सवारी ब्यवस्थापन भएपछि हामी काम थाल्छौं । त्यसको लागि हेटौंडा ११ नम्बर वडा अध्यक्ष गोकर्ण पराजुलीको संयोजकत्वमा समिति बनाएर काम भइरहेको छ । सवारी जाम हुन नदिन ब्यवस्थित पार्किङको काम हामी गर्छौ ।
हेटौंडाको सडक फराकिलो नहुँदा पनि सवारी चाप बढेको छ । राष्ट्रिय राजमार्ग दायाँ बायाँ २५ मिटर फराकिलो बनाउने सरकारी अभियान हेटौंडामा भने राकिएको छ । जनतासँग प्रत्यक्ष जोडिएको विषयमा उपमहानगरपालिका मौन देखिन्छ नी ?
–राष्ट्रिय राजमार्ग स्थानीय मातहत छैन । यो केन्द्र सरकार र सडक कार्यालय मातहतमा पर्छ । छिटो भन्दा छिटो २५ मिटर कायम गर्ने वा बाईपासबाट राजमार्ग जाने हो टुङ्गो लाग्नुपर्छ । त्ससको लागि केन्द्र सरकारलाई दवाब दिइरहेका छौं । हामी छिट्टै नै पत्राचार गर्दैछौं । जनतालाई पनि अन्यौलमा राख्नुहुँदैन,विकासले पनि गति लिनुपर्छ ।
केन्द्र सरकारले छिट्टै नै केही न केही निकास दिन्छ भन्ने मलाई विश्वास छ ।
तपाई मेयरमा निर्वाचित हुने बित्तिकै जग्गा प्लटिङ रोक्नुभयो । तर हेटौंडालाई ब्यवस्थित शहर बनाउनेतर्फ भने खासै काम भएको छैन नी ?
–म निर्वाचित भएर आएपछि पहिलो निर्णय नै अब्यवस्थित र जथाभावी जग्गा प्लटिङ रोक्ने निर्णय गरेँ । धेरै दवाब आयो तर म प्रधानमन्त्रीले भने पनि यो कुरामा पछि हट्दिन । अब्यवस्थित शहरीकरण रोकेरै छाड्छु । पार्टीका साथीहरुबाट अन्य व्यवसायीहरुबाट पनि दवाब नआएको होइन । केन्द्र सरकारले नै प्लटिङ रोकेपछि भने दबाव केही घटेको छ । जमिनको बर्गिकरण गरी ब्यवस्थित शहर निर्माणकै लागि मैले यो जोखिम मोलेको हुँ ।
ब्यवस्थित शहरीकरणको लागि शहरीकरण भइसकेको ठाँलाई कति सम्म स्मार्ट बनाउन सकिन्छ बनाउने । नयाँ क्षेत्रमा २१ औं सताब्दी सुहाउँदो शहर बनाउने । त्यसको लागि सडक, खानेपनी लगायतका पूर्वाधार विकासको लागि योजना बनाएर काम गर्दैछौं ।

यी सबै काम गर्नको लागि आन्तरिक स्रोत बृद्धि गर्न जनतालाई मात्र कर बढाएर मात्र त नपुग्ला । आर्थिक लगानी भित्र्ुयाउने पाटोमा के कस्ता कामहरु भईरहेका छन् ?
–आर्थिक लगानी आकर्षित गर्न हामी लागि परेका छौं । लगानीकर्ताहरुलाई प्रोत्साहन गरिरहेका छौं । नयाँ उद्योग ल्याउन उनीहरुलाई कुनै बाधा ब्यवधान नहुने बातावरण बनाउने र करको दायरामा पनि ल्याउने काम भइरहेको छ । जो कसैले पनि उद्योग कलकारखाना गर्न चहाँदा पहिलो रोजाईमा हेटौंडा परोस् भन्ने लक्ष्य छ ।
कुनै पनि ब्यक्ति, उद्योग र संस्थालाई मार नपर्नेगरी हामी कर लिन्छौं । त्यसको लागि राजश्व परामर्श समितिले काम गरिरहेको छ । म के आग्रह गर्छु भने केन्द्र सरकारले स्थानीय सरकारलाई बजेट दिन कन्जुस्याँई गर्नु भएन । जनतासँग जोडिएर विकास गर्ने भनेको स्थानीय तहले हो ।

केन्द्र सरकारले बजेटमा कन्जुस्याँई गर्ने हो भने स्थानीय तहले आन्तरिक स्रोत बृद्धि गरेर मात्रै विकास सम्भव छैन । हेटौंडामै किन लगानी गर्ने, उद्योगी र लगानीकर्ताहरुले किन हेटौंडा नै रोज्ने ?
–हेटौंडामा सौहार्द राजनीतिक बातावरण छ । यहाँ राजनीतिक समझदारी छ । कुनै बन्द हड्ताल भएमा सबै दल मिलेर एउटै धारणा बनाएर काम गर्दै आइरहेका छौं । साथै सुन्दर हराभरासँगै हावापानी पनि राम्रो छ । हामीसँग औद्योगिक बातावरण पनि छ । कुनै पनि लगानीकर्ताले हेटौंडामा लगानी गरेर पछुताउनुपर्दैन । उद्योग कलकारखानालाई पर्ने कुनै पनि समस्या समाधान गर्न उपमहानगरपालिका तयार छ, हामी लगानीमैत्री बातारण बनाउँछौं ।

पाँच वर्षपछि हामीले कस्तो हेटौंडा पाउँछौं ?
–मैले अघि पनि भने एउटा नगरले दिने सबै सुविधा दिने प्रयासमा हामी छौं । रोजगारीको समस्या समाधान, स्वास्थ्य, शिक्षामा हामीले ठूलो फड्को मार्नेछौं । फराकिलो बाटो,सफा शहर र फूलले ढाकिएको हरित नगरी हुनेछ । पाँच वर्षपछि देशकै हेर्न लायक स्वच्छ हाराभरा र राम्रो शहर शहर हो भन्ने बनाउन सकिन्छ भन्ने मलाई विश्वास छ । त्यसको लागि मसँग स्पष्ट योजना छ । कतिपय कामहरु अघि बढिसकेको छ । तर मलाई काम गर्न सबै क्षेत्रको साथ चाहिन्छ ।

अन्नपूर्ण पोष्टबाट