कान्तिराजपथ खुलाउन बल प्रयोग
गुगलपाटी संवाददाता हेटौंडा,२१ साउनअवरुद्ध कान्तिराजपथ खुलाउन प्रहरीले बल प्रयोग गरेको छ । आइतबार कान्तिलोक पथ अन्र्तगत हेटौंडा उपमहानगरपालिका–१७ गैरीगाउँमा ना ७ ख ७३२३ नम्बरको टिपरले ठक्कर दिँदा स्थानीय २६ वर्षीय टंक न्यौपानेको मृत्यु भएको थियो ।
मृतक परिवारलाई बेवास्ता गर्दै प्रहरीले पहिला ज्यान लिने ट्रिपरेको सुरक्षामा लागेको स्थानीयले आरोप लगाएका छन । टिपर ल्याउनु अघि वार्ता गरेर मृतक परिवारको कुरा सुन्न प्रहरी÷प्रशासनलाई आग्रह गर्दा बेवास्ता गर्दै टिपर हेटौंडा ल्याउन खोजेपछि झडप समेत भएको थियो । व्यापक प्रहरी परिचालन गरेर टिपर हेटौंडा ल्याईंदै छ । टिपर ल्याउनु अघि वार्ताको माग गरेर प्रर्दशन गरेका स्थानीयलाई प्रहरीले अश्रुग्यास प्रहार गरेको जनाइएको छ ।
लाठी र अश्रुग्यास प्रहार गरेर ठूलो संख्यामा प्रहरी परिचालन गरेर टिपर लगेको स्थानीयले जानकारी दिए । टिपर हेटौंडा ल्याउन प्रहरी नायव उपरीक्षक को नेतृत्वमा प्रहरी गैरीगाउँ पुगेको थियो । मृतक न्यौपानेको शव परिवारले अहिलेसम्म जिम्मा नलिएको उनले जानकारी दिए । न्यौपानेको चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
मृतक परिवारले चालकलाई कारबाही र वार्ता मार्फत् घटनाको समाधान नभएसम्म शव जिम्मा नलिने बताएका छन् । घटनाको विरोधमा स्थानीयले गैरीगाउँको विभिन्न स्थानमा बाटो बन्द गरेका छन् ।
हेटौंडाबाट गैरीगाउँ तर्फ गैरहेको बा ४२ प ७०७० नम्बरको मोटरसाइकललाई टिपरले ठक्कर दिएको थियो । मोटरसाइकलमा पछाडि बसेकी गीता न्यौपानेको भने भरतपुरमा उपचार भइरहेको छ ।बाटो खुलाउन प्रहरीले प्रयास गरिहेको मकवानपुर प्रहरीले बताएको छ ।