अपांग महासंघले बुझायो ज्ञापन पत्र

गुगलपाटी संवाददाता हेटौंडा,२२ साउन
२२ श्रावण २०७५ १४:५५

राष्ट्रिय अपांग महासंघले मंगलबार प्रदेश नम्बर तीनका बिभिन्न मंत्रालयहरुलाई ज्ञापन पत्र पेश गरेको छ ।
बिभिन्न ३५ सुत्रीय माग अघि सार्र्दै उसले प्रदेश नम्बर तीनका मुख्यमंत्री सहितका मंत्रालयहलाई ज्ञापन पत्र बुझाएको हो । अब बन्ने कानुनमा अपांगता भएका ब्यक्तिहरुको अधिकार सुनिश्चित हुनु पर्ने माग गर्दै ज्ञापन बुझाइएको नेपाल अपांग महासंघ संघीय समितिका उपाध्यक्ष टीका दाहालबाट थाहा भएको छ ।