आजबाट एसईईको पुरक परीक्षा, मकवानपुरका २ हजार परीक्षार्थीले सहभागिता जनाउने

गुगलपाटी संवाददाता हेटौंडा, २३ साउन
२३ श्रावण २०७५ ००:३४

माध्यमिक शिक्षा परीक्षा (एसईई) को पुरक परीक्षा आज बुधबारबाट सुरु हुँदैछ । परीक्षामा मकवानपुरका २ हजार २९ जना विद्यार्थीले सहभागिता जनाउँदैछन् । डि ग्रेडभन्दा तल्लो ग्रेड ल्याउने विद्यार्थी मात्र परीक्षामा सहभागी हुनेछन् ।

परीक्षामा नियमिततर्फ एक हजार ९ सय २५ र एक्जाम्टेडतर्फ ३० जना र प्राविधिकतर्फ ७४ जना परीक्षार्थी सहभागी हुने जिल्ला शिक्षा समन्वय ईकाईले जानकारी दिएको छ । परीक्षाका लागि मकवानपुरमा तीनवटा परीक्षा केन्द्र तोकिएको छ । थाहा नगरपालिकामा हरकोे जनकल्याण माध्यमिक विद्यालय केन्द्रमा प्राविधिकतर्फ ४३ र साधारणतर्फ ३ सय ४२ जनाले परीक्षा दिनेछन् ।

त्यस्तै हेटौंडाको आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयबाट प्राविधिकतर्फ ५ जना , साधारणतर्फ ९ सय ११ र ३० जना एक्जाम्टेडतर्फका परीक्षार्थी सहभागी हुने जनाइएको छ । वंशगोपाल माध्यमिक विद्यालय चौघडामा प्राविधिकतर्फ २६ जना र साधारणतर्फ ६ सय ७२ जनाले परीक्षा दिनेछन् । भदौ २ गतेसम्म चल्ने परीक्षा बिहान ८ बजेबाट सुरु हुनेछ ।