बालक अपहरणपछि हत्या काण्डः शंकाको घेरामा ईन्काउन्टर

गुगलपाटी संवाददाता
२३ श्रावण २०७५ ०१:२८

राजधानीमा ११ वर्षीय बालक निसान खडकालाई अपहरण र हत्या गर्ने दुई युवक प्रहरीसँगको मुठभेडमै मारिएका हुन् या होइनन् भन्नेमा शंका उब्जिएको छ । पेप्सीकोला टाउनबाट आइतबार अपहरणमा परेका निसानको हत्या भएको पुष्टि सोमबार भएको थियो । अपहरणकारीबाट बालकलाई बचाउन भन्दै प्रहरी परिसर काठमाडौंले चालेको एउटा कदम पनि शंकाको घेरामा परेको छ ।

फिरौती माग्न अपहरणकारीले प्रयोग गरेको मोबाइल नम्बर पाउनेबित्तिकै प्रहरी परिसर काठमाडौंको आधिकारिक नम्बरबाट अपहरणकारीको मोबाइलमा एउटा सन्देश पठाइएको थियो । अपहरणकारीको मोबाइल अफ भएका कारण उक्त एसएमएस टेलिकम सिस्टममा ‘पेन्डिङ’ मा बसेको थियो ।, सोमबार अपहरणकारी मारिएपछि महाशाखाको टोलीले उनीहरूको साथबाट बरामद गरेको सिमकार्ड मोबाइलमा हाल्दा उक्त सन्देश डेलिभर भएको थियो ।

उच्च स्रोतका अनुसार परिसरबाट पठाइएको सन्देशमा ‘बालकलाई तुरुन्त नछाडे जे पनि हुन सक्ने’ आशयको सन्देश थियो ।  अजय र गोपाल पेन्टरको काम गर्छन् भन्ने सुनेको हो । सोमबार बिहान उनीहरूलाई प्रहरीले लग्यो रे । अपहरण गरी बच्चा मारेछन् रे भन्ने पनि सुनें । उनीहरू सामान्य खालका केटा थिए । पहिले त्यस्तो बदमासी गरेको पनि केही सुनिएको थिएन ।

पेन्टका गोल्टिन बट्टामा कपडा पट्याएर राख्थे । पछि पो उनीहरू मुठभेडमा मरेको कुरा सुनें । उनीहरूको खुट्टामा चप्पल पनि देखें । घरबाट उनीहरूलाई लैजाँदा उनीहरूका खुट्टामा चप्पल नै थिएन । पछि कसले चप्पल लगाइदियो थाहा भएन । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

विवादमा इन्काउन्टर
महानगरीय प्रहरी अपराध महाशाखाले पेसेबर गुन्डालाई बाहेक गरेका अन्य दुई ईन्काउन्टर विवादित बनेका छन् । २०७४ साउन २३ मा ललितपुरमो फसेका युवक प्रवीण खत्री र यही साउन २१ सोमबार गते भक्तपुरमा बालक अपहरणपछि हत्या गरी भाग्दै गरेका दुईजनामाथि गरिएको ईन्काउन्टर विवादमा परेको छ ।

भक्तपुरमा ११ बर्षीय निसान खड्काको अपहरणपछि हत्या घटनामा संलग्न भनिएको गोपाल तामाङ र अजय तामाङको इन्काउन्टर प्रहरीले आफु पपुलर हुन मात्रै गरेको देखिन्छ ।, आजको नागरिक दैनिकमा समचार छ ।

‘प्रहरीले नै गाडीमा हालेर लगेका थिए’

‘चैतदेखि गोपाल र अजय हाम्रो घरको भुइँतलामा डेरा गरेर बसेका हुन् । उनीहरू काम नपरेका दिन बिहान ९–१० बजेसम्मै सुत्थे । तर सोमबार बिहानै घर बाहिर देखेपछि मैले कहाँ गएर आएको भनेर सोधेँ । गोपालले फोहोर फालेर आएको बतायो ।

रातभर नै हाम्रो घर वरिपरि प्रहरीले छापा मारेको कुरा बिहान थाहा भयो । ९ बजेतिर हाम्रो घरमा ३ गाडी र ४ मोटरसाइकलमा मान्छे आए । पछि पो थाहा भयो तिनीहरू सादा पोसाकका प्रहरी रहेछन् । घरधनीलाई माथिबाट तल झर्न नदिई गोपाल र अजय बस्ने कोठा सर्च गरे । गोपालले शव गाडेको ठाउँ देखाएपछि केही प्रहरी त्यता लागे ।, कान्तिपुर दैनिकमा यो समाचार पनि छापिएको छ ।